• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
सुरसमीक्षा

जहाँ मायाले ज्यान होइन, शिवाकोटीले खाए देउडाको सातो

64x64
डिबी खड्का शुक्रबार, माघ २८, २०७८  २०:२२
1140x725
तस्बिर: 'मायाले मेरो ज्यान खायो' नामक गीतको भिडियोको एक दृश्य

काठमाडौं– 'सुर्के थैली खै', 'कुटुमा कुटु' जस्ता चर्चित गीतका सर्जक राजनराज शिवाकोटीको नयाँ गीत आएको छ- मायाले मेरो ज्यान खायो। शिवाकोटीको 'टाइपका गीत'मा अभ्यस्तहरुका लागि यो गीत उति खराब छैन। 

शिवाकोटीसँगै मिलन नेवारले गाएको गीत सुन्नेहरुका लागि पनि ठिकै छ। पल शाह जस्ता चर्चित कलाकारलाई भिडियोमा देखाएकाले हेर्नेहरुका लागि पनि रमाइलो लाग्न सक्छ। 

गीत संगीत सुन्ने र रमाइलो गर्ने मात्र होइन, त्यसको परख गर्ने पनि हुन्छन्। त्यस्ता पारखीको कानमा भने यो गीतले काँडाजस्तै बिझाउँछ। भिडियोले आँखामा खुर्सानीले जस्तो पिरपिर्‍याउँछ। किनभने 'मायाले ज्यान खायो' भन्ने गीतबाट शिवकोटीले देउडाको सातो खाएका छन्। 

देउडा पारखीलाई यसले मर्माहत मात्रै बनाएको छैन, झुक्याएको पनि छ। राजनीतिमा धेरै प्रयोग हुने एउटा भनाइ छ नि- खशीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने। उनको यो कर्म यही भनाइसँग निकट देखिन्छ। 

गीतको सुरुवात संवादबाट हुन्छ। जहाँ कलाकार पल शाह भन्छन्- 'अब रातपनि परिगयो। सिलगढीमाथि झुमाको गाउँतिर रात काट्नुपर्ला। फेरि आज शैलेश्वरी (डोटी) मेलाको दिन पनि हो। त्यहीँ देउडा खेल्दै रमाइलो गरौंला।'

त्यसपछि भिडियोले आँखा पिर्‍याउन थाल्छ। जहाँ देउडा खेल्न डोटीको बैकान (पुरुष) होइन, पूर्वी हिमालको शेर्पा आइपुग्छ। यतिसम्म ठीकै छ, शेर्पाले देउडा खेल्न हुन्न भन्ने कहाँ लेख्या छ र? 

त्यससपछि देउडा भनिएको गीत सुरु हुन्छ। जहाँ भनिन्छ:
मिलन नेवार: कर्नाली तर्‍या हुन्, साइँत पर्‍या हुन्, सुदूरका यी ठाँवैमा
शिवाकोटी: नाँच्न्याँ हो, गाउँन्याँ हो, रम्माइलो  गर्‍न्याँ हो, ऐ झुमाचम्पा तम्रा गाँवैमा

देउडाप्रेमी भुक्लुक्कै पर्ने यहीँनेर हो। यो कसरी देउडा भयो? देउडाको निश्चित छन्द हुन्छ भन्नेसम्म ज्ञान यो तहको संगीतकारमा नहुनु उनकै दुर्भाग्य हो। उनको ज्ञानको सीमिततामाथि दया गरेर छाडिदिन मिल्छ। जब त्यही गीतको अर्थ लगाउन थालिन्छ, तब सुदूर र कर्णालीका खशभाषीको कन्सिरी तात्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कसैले सुदूर वा कर्णाली घर बताउनेवित्तिकैं 'खाया हुन्, भया हुन्, गया हुन्' बोलेर खिसी गर्ने प्रचलन आम छ। त्यही जमातको सदस्य हुन उनलाई किन मन लागेको हो?

उनले प्रयोग गरेका छन्– 'कर्नाली तर्‍या हुन्'। यसको अर्थ उनले 'कर्नाली तरेर आएको' भन्ने बुझाउन खोजेका होलान्। बुझिन्छ के भने 'कर्नाली तरे होलान्'। 'साइँतै पर्‍या हुन्' उनले साइँत जुरेको छ भन्ने अर्थमा ल्याएका होलान् । तर यसको ठ्याक्कै बुझिने कुनै अर्थ निस्किँदैन।

'नाँच्न्याँ हो, गाउँन्याँ हो, रम्माइलो गर्‍न्याँ हो' भन्ने ठाउँमा आइपुग्दा त खशभाषीमाथि शिवाकोटीले खिसीटिउरी गर्न खोजेको महसुस हुन्छ। त्यसपछि उनले शिशिर योगीले गाएको 'झमतारा झमझम'को मेलोडी मिसमास पारे। त्यसपछि बन्यो शिवाकोटीवाला देउडागीत!

गायक संगीतकार राजनराज शिवाकोटीलाई नपुग्दो केही थिएन। भ्युज कमाउने कुलतमा फसिहाल्ने कलाकार जस्ता पनि लाग्दैनन्। उनले यसअघिका गीतमा आफ्नो क्षेत्रका मौलिक शब्द गीतमा घुसाएर नेपाली गीतसंगीत, साहित्य र भाषामा योगदान नै गरेका हुन्। 

अहिले संगीतमा नयाँपन खोज्ने होडबाजी चलेको छ। अन्य सबै भाषा र क्षेत्रका गीत छिचोलेर दर्शकस्रोता वाक्कप्याक्क बनाइसकेका छन् छिपछिपै सर्जकले। देउडा अझ पनि केही हदसम्म मौलिकतासहित अघि बढिरहेकै छ। 

मौलिक गीतसंगीतमा रुचि हुनेहरु देउडाको त्यही मौलिकताबाट प्रभावित छन्। शिवाकोटी पनि त्यससबाट प्रभावित हुन सक्छन्। उनलाई सुदूरपश्चिमको देउडा गीतको प्रेमले तानेर त्यहाँ पुर्‍याएको हुनुपर्छ। कसैको प्रेममा परेपछि फकाउनु पो पर्छ, हातपात गर्न हुन्छ त?

सुदूरपश्चिमका कलाकारको विरोध
'ओइ काजल', 'भनसाली' जस्ता देउडा गीतबाट गैर देउडा क्षेत्रमा समेत चर्चित गायक चक्र बमले 'अनुमानका भरमा खसभाषा समेटेर देउडा गीत बनाउने पछिल्लो प्रचलन' भन्दै यसको विरोध गरेका छन्।

यस्तै गीतलाई लक्ष्य गर्दै उनी फेसबुकमा लेख्छन्, 'लगभग आधा नेपालमा प्रचलित खसभाषा र देउडाभित्र रहेर पूर्व पश्चिमका जति पनि अग्रज, अनुज, चर्चित ससङ्गीतकार, गीतकारले काम गर्नु भनेको समग्र सुदूर तथा मध्य पश्चिमको भाषा संस्कृतिको लागि राम्रो हो। व्यक्तिगत रुपमा पनि म देउडा गीतको लिस्ट बढ्यो भनेर खुसी नै हुन्छु, तर देउडा गीत सङ्गीतको लोभले गीतमा अशुद्ध भाषा प्रयोग गरिएका थुप्रै गीत अलि अगाडिदेखि पछिल्लो समयसम्म आइरहेका छन्, …यसले देउडा संस्कृतिमाथि अन्याय गरिरहेको छ।'

आफूहरुले मौलिक सङ्गीतलाई अर्को दर्शक स्रोतासम्म पुर्यािउन नसकेको हुनसक्ने बताउँदै शिवाकोटीलगायतलाई संकेत गर्दै बम भन्छन्, 'यसमा तपाईंहरू जत्तिको दिग्गज सर्जकहरूको खाँचो पनि छ, तर नबुझी अनुमानका भरमा यसरी अशुद्ध लाइन प्रयोग नगर्नुहोस्।'

भाषा, गीत र संगीतको शुद्ध प्रयोग नगरेर भ्रम फैलाउने कुरा सह्य नहुने उनी बताउँछन्। उनको भनाइमा सुदूरपश्चिममा लोकप्रिय 'अछामी बड्डो'का रुपमा परिचित गायक लालबहादुर धामी सही थप्छन्। उनी यस्ता कर्मको सामूहिक रुपमा विरोध गर्नुपर्ने बताउँछन्। 

सुदूरपश्चिमकै अर्का कलाकार राजेन्द्र भट्टले बमको फेसबूक स्टाटसलाई समर्थन गर्दै सिवाकोटीको सिर्जनाको आलोचना गरेका छन्। उनी भन्छन्, 'एक त नजानेर नबुझेर गतल प्रयोग गर्ने अनि आफैं ठूला कुरा गर्ने यो चाहिँ अस्वीकार्य कुरो हो। हाम्रो भाषा प्रयोग गरुन् सबैले। खुसीको कुरा हो, तर गलत प्रयोग सह्य हुँदैन।'

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको सबैभन्दा हिट गीत हो । यो गीत उनको खत एल्बममा समावेश छ । त्यस... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
सुरुङमा खोजी कार्य तीव्र, माथिल्लो त्रिशूली–१ को टनेलमा भेटिए ६ वटा शव शुक्रबार, असोज २, २०८३
समस्याग्रस्तका ५ सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा मानव अङ्ग र शव निकाल्ने कार्य जारी शुक्रबार, असोज २, २०८३
प्राकृतिक विपद्बाट हरेक वर्ष जीडीपीको ६ प्रतिशत क्षति शुक्रबार, असोज २, २०८३
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्