• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा

हिउँमा छोपिने गाउँ पुगेका शिक्षकको कथा

64x64
युवराज भट्टराई शनिबार, माघ २९, २०७८  ११:०१
1140x725

काठमाडौं– ‘तपाईं कल्पना गर्न सक्नुहुन्छ! एकेडेमी अवार्डको वेबसाइटमा भुटान भन्ने देश नै थिएन। एकेडेमीले हाम्रो दर्ता प्रक्रिया पूरा गर्न त्यो सूचीमा भुटानलाई थप्नु परेको थियो।’

उल्लेखित वाक्यांश भुटानी फिल्म निर्देशक पावो छोयनिङ दोर्जीले स्क्रिन डेलीलाई सुनाएका हुन्। यो सकस अस्कर अवार्डका लागि उनको फिल्म ‘लुनानाः अ याक इन द क्लासरुम’ दर्ता गर्दाको हो। यसरी दर्ता गरिएको फिल्म अहिले अस्कर अवार्डको ९४औं संस्करणमा विभिन्न देशका अन्य चार फिल्मसँगै प्रतिस्पर्धा गर्दैछ। ‘उत्कृष्ट अन्तराष्ट्रिय फिल्म’को मनोनय सूची सार्वजनिक हुँदा उक्त फिल्मले एसियाली दर्शकलाई खुसीको खबर दिएको हो।

भौगोलिक र सामाजिक रुपमा भूटानको नजिक रहेको नेपाली दर्शकका लागि पनि यो सुखद् खबर हो। यो फिल्मले यसअघि अमेरिकाको ‘पाल्म स्प्रिङ’, इटालीको ‘देला लसिनिया’, फ्रान्सको ‘सेन्ट जिन डि लुज’लगायतका अन्तराष्ट्रिय फिल्म महोत्सवमा स्थान बनाइसकेको छ। अस्करमा पाएको प्रवेश दक्षिण एसियाली दर्शकका लागि यसकारण पनि महत्त्वपूर्ण छ कि, यो भेगको कथा बोकेको फिल्म पहिलो पटक अस्करमा पुगेको छ। 

भुटान र नेपालबीच थुप्रै समानता छन्। नेपालमा जस्तै भुटानमा पनि हरिया फाँटहरु छन्। आर्थिक सम्पन्नता पनि झन्डै उस्तै छ। भौगोलिक हिसाबमा समेत दुवै देशमा विकट ठाउँ छन्। यस्ता ठाउँ, जहाँ पुग्न धेरै दिन हिँड्नुपर्छ। हिमालयको काखमा बसेको यस्तै एउटा ठाउँको कथा भन्छ ‘लुनानाः अ याक इन द क्लासरुम’ फिल्मले। 

लुनाना उत्तरपश्चिम भुटानमा अवस्थित गाशा जिल्लाको विकट गाउँ हो। लुनाना गेवोग (भुटानमा गाउँहरुको समूह बताउन प्रयोग गरिने शब्द)को राजधानी रहको लुनाना नेपालको ओलाङचुङगोला वा उपल्लो डोल्पाजस्तै विकट छ। भुटानको राजधानीबाट त्यहाँसम्म पुग्न सात दिनको पैदल यात्रा गर्नुपर्छ। लुनाना गाउँ रहेको गेवोग क्षेत्र समुन्द्री सतहभन्दा ३४ सय मिटर उचाईमा पर्छ। सन् २०१४ को जनगणना अनुसार यो क्षेत्रमा कुल १८५ परिवार छन् र ८१० जनाको बसोबास छ।

पावो छोयनिङ दोर्जीको निर्देशनमा बनेको फिल्मले विकटमा रहेको गाउँ लुनानाका विविध कथा भनेको छ। वर्षमा ६ महिना हिउँले पुरिने गाउँमा बालबालिकाहरु शिक्षाको लागि कति संघर्षशील छन् भन्ने देखाउन एक जना शिक्षकलाई मुख्य पात्र बनाइएको छ। ती शिक्षक आफ्ना अनेक सपना लिएर यो ठाउँमा पुगेपछि कसरी आफ्नै स्वअस्तित्वसँग परिचित हुन पुग्छन् भन्ने कथालाई फिल्ममा देखाइएको छ।

उजेन दोर्जी (शेरव दोर्जी अभिनित) एक संघर्षशील गायक र पेशाले शिक्षकको भूमिकामा छन्। आफ्नो शैक्षिक पेशाभन्दा संगीतप्रति उनको ज्यादा रुचि छ। आफ्नो रुचिकै कारण उनी शिक्षण पेशा छाडेर अष्ट्रेलिया जाने सपना बोकेका छन्। अष्ट्रेलिया जाने सपना उसको गायक बन्ने सपनासँग जोडिएको हुन्छ। 

शिक्षणकै क्रममा उजेन लुनानातर्फ लाग्छन्। वसन्तको आगामन कुरिरहेका परिदृश्यहरूको बाटो हुँदै उनी कैयौं दिनको पदयात्रापछि गन्तव्यमा पुग्छन्। शहरको रंगीचंगी वातावरणमा हुर्किएका उजेन पहाडमा परेका हिउँजस्तै सुन्दर ठाउँ लुनाना पुगेपछि पनि केही दिनसम्म आफ्नो आधुनिक जीवनकै सम्झनामा हुन्छ। ऊ त्यहाँ बस्न मन नै गर्दैन।

Ncell 2
Ncell 2
nimb
nimb

लुनाना दुर्गम छ, तर यहाँका मान्छेहरुको मन उदार छ। आफ्नो जीवन जे जसरी चलाए पनि उनीहरू शिक्षक भएर पुगेको उजेनलाई सम्मान गर्छन्। ऊ पुग्दा उसलाई लिन बाटोसम्म आउँछन्। आफ्नो घरमा बोलाएर पाहुना बनाउन चाहन्छन्। 

दुर्गमको विद्यालयमा शिक्षण सामग्री छैनन्। उजेन चलाख छ। ऊ कापी च्यातेर विद्यार्थीलाई बाँढ्छ। पढाउँदै जाँदा अब ऊ त्यहीँ रमाउन पुग्छ। तर, सांगितिक रुचि र अष्ट्रेलिया जाने सपना पनि पूरा गर्न मिहिनेत गरिरहेको हुन्छ।

वसन्तपछि गर्मी मौसम सुरु हुन्छ। ऊ लुनानामै अध्यापन गराइरहेको हुन्छ। तर, हिउँद सुरु हुनुअघि नै ऊ फर्किनुपर्छ, नत्र हिँउले बाटो छोपिदिन्छ। लुनाना पनि हिँउमा छोपिन्छ। तर, उसको परिवर्तित दैनिकीले उसलाई लुनानासँग जोडेको छ। कक्षा कोठामा पालेको याकदेखि उसलाई गोठालाको गीत गाउन सिकाउने साल्डन (केल्देन ल्हामो गुरुङ अभिनित)सँग नजिक भएको छ। तर, आफ्नो गायक बन्ने सपना साकार पार्न लुनाना छाडेर फर्किन्छ। 

उजेन फर्किएसँगै थुप्रै कुरा छुट्छन्। पहिलो पटक लुनानामा कुनै शिक्षकले मन लगाएर पढाएको वातावरण छुट्छ। कक्षाकी क्याप्टेन रहेको पेम जाम (पेम जाम अभिनित)को प्रिय शिक्षकले पढाउने कक्षाहरु अब हुँदैनन्। साल्डोनको व्यक्त नभएको प्रेम छुट्छ। उजेन थिम्पु फर्किदैं गर्दा साल्डोनले उसलाई खादा पहिराउँछिन्। अनि भन्छिन्, ‘म यही डाँडामा गोठालाहरूको गीत सिकाउन पर्खिरहेको हुनेछु।’

Xtrem

Xtrem

हो त, उजेन थिम्पु फर्किएपछि साल्डोनले उसलाई सिकाउँदै पहाड र डाँडालाई सुनाउने गीत छुट्छ। सँगै छुट्छ उसलाई साल्डोनले दिएको चौरी। 

फिल्ममा मानवीय पात्रहरूसँगै चौरी एउटा महत्वपूर्ण पात्र र बिम्बको रुपमा प्रस्तुत छ। चौरी एउटा यस्तो प्राणी हो, जसको बहुउपयोग हुन्छ। यसलाई मानिसले आहारका लागि प्रयोग गर्छन्। यसको गोबर इन्धनका लागि प्रयोग हुन्छ। साल्डोनले उजेनका लागि मनमा भएको भावना व्यक्त गर्ने माध्यम चौरीलाई बनाएकी छिन्। आगो बाल्नका लागि चाहिने चौरीको गोबर लिन पहाडमा चढ्ने उगेनलाई सजिलो होस् भनी साल्डोन आफूसँग भएको सबैभन्दा बूढो चौरी ‘नोर्बु’ उसलाई दिन्छे। कक्षा कोठामा बाँधिएको चौरीबाट उसलाई जति गोबर चाहिन्छ, त्यत्ति नै खुवाउन सुझाउँछे साल्डोन। 

तर, उगेन लुनाना छाडेर जाँदा त्यो चौरी पनि छुट्छ, जुन उसको दैनिकीको एउटा महत्त्वपूर्ण पात्र बनेको थियो। कक्षामा बालबालिकालाई पढाउने कथादेखि आँगनमा नाँच्दै गाउने बालगीतमा पनि नोर्बुको भूमिका हुन्छ। उगेन लुनानाबाट बाँहिरिँदा त्यो भूमिका छुट्छ। 

लुनानामा उजेनको पुनः आगमन चाहनेहरु छन्। तर, उ आफ्नो सपनाको पछि लाग्छ। उसको पुनः आगमन चाहने विद्यार्थी, गाउँले र साल्डोन छन्। तर, उजेन भने आफ्नो नयाँ यात्रामा निस्किन्छ। श्रीमतीको मृत्युपछि कहिल्यै गीत नगाएको गाउँको मुखिया आशा (कुन्जाङ वाङ्दी अभिनित) उजेनको विदाइमा गीत गाउँछ। 

फिल्मले एउटा दुर्गम भेगलाई आधार मानेर अनेक कथा प्रस्तुत गर्छ। त्यहाँको आर्थिक अवस्थाले वातावरणीय परिवर्तनसम्मका कथा फिल्ममा समेटिएका छन्। सँगै दुई भेगको संस्कृतिको आदन प्रदानको कथा पनि छ। 

उजेन आफू शहरमा हुर्किए पनि समुन्द्री सतहभन्दा हजारौं फिटमाथि रहेको दुर्गममा गएर बस्दा दुई ठाउँबीचका संस्कृतिको आदनप्रदान हुन्छ। फिल्ममा एउटै देशका दुई भेगबीचको भिन्नतासँगै फरक संस्कार छ। शिक्षाको महत्त्व स्थान विशेषमा कुन रुपमा हुन्छ भन्ने कुरा पनि फिल्ममा देखाइएको छ। निर्देशकले दुर्गम भेगको आर्थिक अवस्था र त्यो क्षेत्रमा वातावरणीय परिवर्तनका कारण भएका बदलावलाई सांकेतिक रुपमा देखाएका छन्। 

उजेनको माध्यमबाट विद्यार्थीहरुले सिकेको मात्र होइन, साल्डोनको माध्यमबाट उजेनले सिकेको दृश्यहरू पनि गजब छ। उजेन आफूले शहरमा बस्दा सिकेको जीवनशैलीबारे बालबालिकालाई सुनाउँछ। उनीहरुलाई ब्रस गर्नदेखि गितार बजाएर गीत गाउँदै नाच्न सिकाउँछ। यता उजेन आफैं पनि त्यो क्षेत्रका मानिसहरुबाट शुद्धताको परिभाषा सिक्छ। साल्डोनबाट गोठालाहरुले भेडा चराउँदा गाउने गीत, जसमा भेडा र गोठालाको सम्बन्धको बारेमा बयान हुन्छ, सिक्छ। त्यो गीत लिएर ऊ समुन्द्रपारिको देशमा पुग्छ। जहाँ साल्डोनबाट सिकेको गीत गुनगुनाइरहेको हुन्छ। 

दुर्गम हिमालयको कथाको अस्कर यात्रा 
फिल्मका निर्देशक पावोले आफ्नो फिल्म अस्करमा छनोट भएको खबर बाहिरिएसँगै दुई दिनअघि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरे। ‘आज म निकै खुसी र गर्व महसुस गरिरहेको छु,’ पावोले लेखेका छन्, ‘अस्करमा छानिएको फिल्मको निर्देशकभन्दा बढी भुटानी भएकोमा मलाई खुसी र गर्व लागेको छ।’

उनले आफ्नो फिल्म अस्करमा छनोट हुनु भुटानकै इतिहासका लागि एउटा महत्त्वपूर्ण र ऐतिहासिक घटना भएको उल्लेख गरेका छन्। तर, भुटानको दुर्गम भेगको यो कथाको अस्करसम्मको प्रवेश सहज भने थिएन।

फिल्म सन् २०१९ मा सार्वजनिक भएको थियो। फिल्म सार्वजनिक भएसँगै विभिन्न अन्तर्राष्ट्रिय महोत्सवहरूमा यसले राम्रो स्थान हासिल गरेको थियो। यसलाई भुटानबाट सर्टलिष्ट गरि फिल्मलाई सन् २०२१ को  अस्करमा दर्ता गराइएको थियो। तर, फिल्म छनोट भएन। कारण थियो एकेडेमी अवार्डमा भुटानबारे कुनै जानकारी नै नहुनु, अर्थात् सूचीमा भुटान देश नै नहुनु।

निर्देशक पावाे (बायाँ) र कलाकार पेम जेम

पावो र उनको टिमलाई त्यत्तिबेला के गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने पूर्ण जानकारी थिएन। एकेडेमी अवार्ड (अस्कर)मा लुनानाको प्रवेश त्यति बेला त भएन, किनकी यसअघि भुटानले कुनै पनि फिल्म अस्करमा पठाएको अभिलेख थिएन। अस्कर अवार्ड आयोजक समितिले पावो र उनको टिमलाई सरकारबाट आधिकारिक पत्र ल्याउन भन्यो। उनीहरुले त्यसै गरे। तर, फिल्म दर्ता गराउनुभन्दा केही दिनअघि एकेडेमीले खबर गर्‍यो, ‘फिल्म दर्ता हुँदैन, भुटानमा हामीले मान्यता दिएको चयन समिति छैन।’

यद्यपि, अवस्था त्यस्तो थिएन। भुटानबाट यसअघि पनि फिल्म छनोट भएर अस्करका लागि पठाइएको थियो। तर, लामो समयसम्म अरु फिल्मले अस्करसम्मको यात्रा तय गर्न नसक्दा एकेडेमीको सूचीमा भुटान देखिन छाड्यो। 

भुटानी लामा तथा फिल्म निर्देशक ख्येन्से नोर्बुको फिल्म ‘द कप’ (१९९९) अस्करका लागि पठाइएको थियो। नोर्बु पावोकै गुरु थिए। उनले सन् २०१३ मा नोर्बुले निर्देशन गरेको फिल्म ‘भारा अ ब्लेसिङ’मा सहायक निर्देशकको भूमिकामा काम गरेका थिए।

सन् २०२१ को अस्करका लागि फिल्म दर्ता नभए पनि एकेडेमीले उनीहरुको कुरा सुन्यो। पहिले आएको फिल्मबारे ज्ञात भयो। अभिलेख नहुँदाको समस्याको समाधानपछि सन् २०२२ को अस्करका लागि फिल्म फेरि पठाइयो। भुटानबाट अस्कर अवार्डका लागि पठाइएको यो दोस्रो फिल्म थियो। अनि सन् २०२१ को अन्त्यतिर सुखद् खबर आयो– फिल्म सर्टलिष्टमा परेको छ। 

यो खबर थप विस्तारित हुँदै बुधबार ‘लुनाना’ अस्करको अवार्डकै लागि प्रतिस्पर्धा गर्ने समाचार बाहिरियो। अस्करको सूचीमा लुनानाले भुटानको लागि ऐतिहासिक र दक्षिण एसियाली क्षेत्रका लागि पनि गर्विलो प्रवेश पाएको छ। 

फिल्म क्षेत्र र महोत्सवहरुबारे कहिलेकाहीँ राम्रो प्रचारक समिति र अमेरिकी वितरक नभएमा अस्कर छनोटसम्मको यात्रा तय गर्न मुस्किल हुन्छ। पावोसँग दुवै थिएन। तर, उनको यो यात्रा हिमालयबाट सुरु भएर अस्करसम्म पुगेको छ।

पावो लेख्छन्, ‘यो सानो फिल्मको हिमालयका हिमनदीहरुबाट अस्करसम्मको असम्भव यात्रा सम्भव हुनु भनेको कला र रचनात्मकताको उत्सव हो।’

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  ११:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज २१, २०८३
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा बुधबार, असोज २१, २०८३
महाधिवेशनको चौथो दिन : के-के हुँदैछ ? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्