काठमाडौं- पाँच वर्षमुनिका बालबालिकाको लागि आवश्यक सामग्रीहरू अनलाइनमार्फत् उपलब्ध गराउँदै आएको स्वाडल नेपालले डेडिकेटेड ग्राहक सेवा केन्द्र ‘इ.कममेल’ बनाउने योजना अघि सारेको छ।
कम्पनीले निकट भविष्यमा बालबालिकाहरुको अत्यावश्यक सामग्रीका लागि ‘वान स्टप प्लेटफर्म’ बन्ने विश्वासका साथ उक्त योजना अघि सारेको हो।
‘ग्राहकहरुको रोजाइअनुसार यस कम्पनीका उत्पादनहरु नेपालमै तयार गरी सुपथ मूल्यमा गुणस्तरीय उत्पादन दिने यसको योजना रहेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीले स्थापना भएको करिब डेढ वर्ष नपुग्दै दुई हजारभन्दा बढी सन्तुष्ट ग्राहक बनाउन सफल भएको पनि बताएको छ।
‘सामानहरु अनलाइनमार्फत् अर्डर लिइ ग्राहकहरुको घरदैलोमा समयमै पुर्याउने व्यवस्था गरिएको छ। साथै, ग्राहकहरुको सन्तुष्टिका लागि साइज, कलर तथा अन्य कुनै समस्या भएको खण्डमा गुनासो सुन्ने तथा समानहरु साट्ने सुविधासमेत उपलब्ध गराउँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।