काठमाडौं- बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुर लामो समयदेखि प्रेम सम्बन्धमा छन्। पछिल्लो समय उनीहरुको विवाह हुने हल्ला पनि चलिरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुले अप्रिल २०२२ मा विवाह गर्दै छन्। तर, यो खबरलाई हालसम्म न आलिया न रणवीरले नै पुष्टि गरेका छन्।
एकातिर विवाहको हल्ला चलिरहँदा आलिया भने विवाहमाथि नै दिएको अभिव्यक्तिका कारण चर्चामा आएकी छन्। हालसालै उनले दिएको एक अन्तर्वार्तामा आफूले पहिले नै दिमागमा रणवीरसँग विवाह गरिसकेको बताएकी थिइन्। अहिले उनको यो भनाइ चर्चामा छ।
अन्तर्वार्तामा आलियालाई विवाहको बारेमा सोधिएको थियो। यसको जवाफ दिँदै आलियाले आफूले दिमागमा पहिले नै रणवीरसँग विवाह गरेको बताएकी छन्। सँगै महामारीका कारण आफ्नो विवाहको योजना पर सरेको उनले बताइन्। उनले भनिन्, ‘जब हामी विवाह गर्छौं, तब सही र सुन्दर तरिकाले गर्नेछौं।’
रणवीर र आलिया विगत चार वर्षभन्दा धेरै समयदेखि एकअर्कासँग सम्बन्धमा छन्। बलिउडमा उनीहरुको जोडीलाई पनि निकै रुचाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।