काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटा अधिकार क्षेत्रभन्दा बाहिर गइरहेको बताएका छन्।
नेकपा एमालेको देशव्यापी चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। सरकारले निर्णयार्थ पेस गरेको विषलाई सभामुखले पेस गर्दिनँ, रोक्छु भन्नु गलत भएको ओलीको भनाइ छ।
‘उनले (सभामुखले) अनाधिकृत रुपले बलमिच्याइँ गरेका छन्। गठबन्धनको पद लोलिपुतामा छ,’ उनले भने, ‘को अधिकारको सीमाभन्दा बाहिर गइरहेको छ, त्यो विषयमा सरकार बोल्न सक्दैन।’
उनले यसअघिका सभामुखले पनि अनाधिकृत काम गरेको भन्दै अहिलेकाले पनि त्यसै गरिरहेको बताए।
‘संसद्ले के गर्छ त्यो अधिकार त दिनुपर्यो नि, त्यो रोकेर त राख्न भएन। कानुन तोडेका कुरालाई मर्यादाको दायरामा ल्याउनुपर्यो। सरकार बोल्न सकिरहेको छैन,’ उनले भने,‘सरकार यसप्रति गम्भीर होस् भन्ने कुरा म दोहोर्याउन चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।