काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले षडयन्त्रपूर्वक पार्टी फुटाएर जानेहरुसँग कुनै तालमेल र पार्टी एकता हुने कुनै सम्भावना नरहेको बताएका छन्।
शुक्रबार चुनाव केन्द्रित अभियानलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘साउन २५ गते हामीले निष्कासन गरेका मानिसहरुलाई कारबाही गरेको सूचना टाँस नगरेर षडयन्त्रपूर्वक जसरी पार्टी फुटाइयो, देशविरोधी तत्वहरुसँग न चुनावी तालमेल हुन्छ न पार्टी एकीकरण। तपाईंहरु भ्रममा नपर्नुहोला।’
उनले त्यस्ता तत्वलाई पार्टीमा कुनै इन्ट्री नै नहुने समेत बताए। उनले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक्लै चुनाव लड्ने समेत बताए।
‘हामी एक्लै निर्वाचन लड्छौं। स्थानीय तहले कहिँकतै तालमेल गरेछ भने त्यो बेग्लै कुरो होला,’ उनले भने, ‘राष्ट्रियस्तरमा स्थानीय तहमा कुनै शक्तिसँग तालमेल गरेर जाने बाला छैनौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।