फाइल तस्बिर
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौता संसद्मा पेस हुनुपर्ने बताएका छन्। उनले सभामुख अग्निप्रसाद सापकोटाले अनाधिकृत रुपमा रोकेको आरोप लगाए।
उनले भने, 'सरकारले निर्णायर्थ दर्ता गरेको कुरा रोक्छु भन्नु सभामुखको अधिकार र कर्तव्य होइन। अनाधिकृत रुपमा काम भइरहेको छ। सीमा भन्दा बाहिर गएर हस्तक्षेप भएको छ।'
एमसीसीलाई विकास परियोजना भएको बताउँदै त्यसलाई भूराजनीतिक द्वन्द्व बनाउने कोशिस गरिएको उनको भनाइ छ। उनले थपे, 'एमसीसी विकास परियोजनालाई भूराजनीतिक द्वन्द्व बनाउने कोशिस गरियो।'
उनले एमसीसीमा गठबन्धन स्पष्ट नभएका कारण समस्या सिर्जना भएको बताए। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याद थप्ने पत्र पठाउनु कुटनीतिक मर्यादा विपरित भएको बताए।
उनीहरुको दुईजिब्रे चरित्रले राष्ट्रिय हित गम्भीर संकटमा परेको बताए। उनले भने, 'उता दुईटा नेताले गोप्य पत्राचार गर्छन्। उता पास गर्ने किटानी पत्र पठाउने तर यता भ्रमित पार्ने काम गरिरहेका छन्।'
आफूले न्युनतम साझा कार्यक्रम ल्याउँदै नै यसबारेमा स्पष्ट पार्न भनेको बताए। उनले भने, 'न्युनतम साझा कार्यक्रममा उल्लेख गर्दैनन्। त्यहीबेला प्रश्न गरेको हो- गठबन्धनको दृष्टिकोण के हो? भनेर बोलेनन्। जनतासँग अर्कै कुरा र अमेरिकासँग अर्कै कुरा गर्छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।