काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकलाई गम्भीर कूटनीतिक अप्ठ्यारोमा पार्दै लगेको आरोप लगाएका छन्।
शुक्रबार चुनाव लक्षित अभियानलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन्। ‘सरकारको सम्बन्धमा धेरै केही भन्नै परेन। सरकारले राष्ट्रिय हितको रक्षा गर्न सकेको छैन,’ उनले भने, ‘गम्भीर कूटनीतिक अप्ठ्यारोमा फसाउँदै लगेको छ। भू–राजनीतिक अवस्थाप्रति खेलवाड गरिरहेको छ।’
उनले शक्ति राष्ट्रको खेल मैदान बन्ने र नेपालले चर्को दबाब सहनुपर्ने अवस्था वर्तमान गठबन्धनको सरकारले निम्त्याएको समेत बताए।
‘आफ्नो स्वाधिनता र स्वतन्त्र रुपले तटस्थ परराष्ट्र नीतिमा चल्न सक्ने वातावरणलाई कमजोर पार्ने प्रयास गरिरहेको छ,’ उनले भने, ‘छिमेकीसँगको सम्बन्ध बिर्गान खोजिरहेको छ। जहाँ सीमा विवाद छैन त्यो विषय उठाएर विवाद भएको विषयमा मौन रहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।