काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने कल्पना नगर्न सत्ता गठबन्धनलाई चेतावनी दिएका छन्। बिगतमा त्यसरी समेत जितेको उल्लेख गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन्।
उनले पाँच वर्षअघि पनि सत्ता गठबन्धनसँग लडेरै स्थानीय तहमा एमालेले जितेको बताएका छन्। शुक्रबार एमालेको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन गर्दै उनले यसपल्ट बहुमतसहित एमालेले जित्ने दाबी गरे। स्थानीयत तहमा मात्रै नभइ आगामी प्रदेश र संघीय निर्वाचनमा समेत बहुमत प्राप्त गर्ने उनको भनाइ छ।
स्थानीय सरकारमा एमालेले बहुमत ल्याएकाले सत्ता गठबन्धनलाई स्थानीय तह बिझाएको ओलीको आरोप छ। उनले भने, 'पहिले ४१ दशमलव २८ प्रतिशत ल्याउँदा त यस्तो छ। अब बहुमत जित्छौं। के गर्लान् विचराहरु? भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ।'
त्यतिबेला पनि सत्ता गठबन्धनसँग लडेर पालिका प्रमुख २९४, उपप्रमुख ३१२ जना र २ हजार ५५९ जना वडाअध्यक्ष जितेको उल्लेख गरे। यसैगरी, खुला सदस्यमा ५ हजार ४५८, महिला २ हजार ७७७ र दलित महिला २०३८ जितेको ओलीले स्मरण गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।