काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० मै निर्वाचन हुनेमा अझै एमाले ढुक्क नरहेको बताएका छन्। शुक्रबार प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, 'ढाँटको निम्तो खाइ पत्याउनु। यदि नखाइ पत्यायौं भने भोकै परिन्छ।'
उनले अहिले तोकिए अनुसार नै निर्वाचन गराउने कुरामा सजगताका साथ हेर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले अहिले पनि निर्वाचन नगराउने षड्यन्त्र हुन सक्नेतर्फ सचेत गराएका छन्।
विगतमा पनि निर्वाचनका विरुद्ध कोही अदालत जाने र कसैले प्रतिगामी भन्ने गरेको उल्लेख गर्दै विथोल्ने र विगार्ने प्रयास अझै हुने बताए। एमालेले सरकारले घोषणा गरेको निर्वाचनका विषयमा औपचारिक प्रतिक्रिया अहिलेसम्म दिइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।