काठमाडौं- सर्वोच्च अदालतका काम कारबाही फागुन १ गतेदेखि नियमित रूपमा सुचारू हुने भएका छन्।
सर्वोच्च अदालत प्रशासन महाशाखाले फागुन १ गते आइतबारदेखि नियमित रूपमा सुचारू हुने जानकारी दिएको छ।
कोरोना भाइरस(कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन लगायतका विभिन्न भेरियन्ट कारण अदालतले कामकारवाहीमा संकुचन गरेको थियो। यसअघि पूर्ण बैठकबाट सर्वोच्च अदालतले यस्तो निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।