काठमाडौं- सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय गरेसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले चुनाव केन्द्रीत भएको छ। स्थानीय तहको निर्वाचनका लागि सातै प्रदेशमा आयोजित प्रशिक्षणको उद्घाटनमा एमाले अध्यक्ष ओलीले चुनाव केन्द्रीत भर्चुअल प्रशिक्षण दिने भएका छन्।
एमाले महासचिव शंकर पोखरेलका अनुसार वर्तमान परिस्थिति र स्थानिय तहको निर्वाचनको तयारीका सन्दर्भमा ओलीले भर्चुअल माध्यमबाट प्रशिक्षणमुलक मन्तव्य दिने भएका हुन्। यही मन्तव्यसहित प्रदेशस्तरमा हुन गइरहेको प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्ने उनले बताएका छन्।
जुम आइडी प्राप्त भएका सहभागिहरु साढे १२ बजेदेखि प्रत्यक्ष रुपमा जोडिनेछन्। जिल्ला कमिटीहरुले एकै ठाउँमा बसेर सुन्ने व्यवस्था मिलाएको बताइएको छ।
आम कार्यकर्ताका लागि पार्टीको फेसबुक पेजलगायत अन्य माध्यमबाट लाइभ हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।