काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारी बिजनेस सभामुखले रोक्नु गलत भएको बताएका छन्। सरकारले टेबल गर्न खोजेको एमसीसी सम्झौता सभामुख अग्निप्रसाद सापकोटाका कारण रोकिएको संकेत गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।
उनले भनेका छन्, 'सरकारी बिजनेस सभामुखले रोक्नु गलत हो। यो नेकपा (एमाले)ले कारबाही गरेका १४जना सांसदको सूचना सभामुखले लुकाएजस्तै हो। गलतलाई गलत भनौं।'
सत्ता गठबन्धनमध्ये नेपाली कांग्रेसले एमसीसी संसदमा पुर्याउने तयारी गरेको छ। गठबन्धनका साझेदार माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत यसको विरोधमा छन्।
एमसीसीमा गठबन्धनमा चलेको विवादकै कारण प्रतिनिधि सभाको बैठको सरेको सर्यै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।