काठमाडौं– कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले बेपत्ता पारिएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
सत्य निरुपण तथा मेलमिलाप आयोग तथा छानबिन सम्बन्धी कार्य र बेपत्ता पारिएका व्यक्तिको परिवारले पाउनुपर्ने क्षतिपूर्ति उपलब्ध गराउने सन्दर्भमा आयोगमार्फत् हुने काम तीब्र अगाडि बढाउन उनले निर्देशन दिएका हुन्।
मन्त्रालयद्वारा बिहीबार आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री बडूले पीडित व्यक्तिको न्यायका लागि सत्य अन्वेषण तथा छानबिनको काममा गति दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
स्थानीय तहसम्मका जनतामा न्याय पुर्याउने उद्देश्यले गठित न्यायिक समितिहरुबाट प्रभावकारी रुपमा न्याय सम्पादनका लागि जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको मन्त्री बडूको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।