फाइल तस्बिर।
काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा केन्द्रीय सदस्य रामशरण महतले एमसीसीसँगको सम्झौताबारे ब्रिफिङ गरेका छन्।
केन्द्रीय सदस्य शशांक कोइरालाका अनुसार, महतले एमसीसीसँगको सम्झौताका बारेमा लामो कुरा गरेका थिए। महतले प्रष्टताका साथ आफ्नो कुरा राखेको कोइरालाको भनाइ छ।
'उहाँले भन्नुभयो कि यो राम्रो ग्रान्ट हो। यसलाई हामीले लिनुपर्छ। उहाँले आफ्नो तर्कहरु दिनुभयो', कोइरालाले भने।
महतले आफ्नो कुरा राखिसकेपछि सभापति शेरबहादुर देउवाले त्यसलाई संक्षिप्तमा आफूकहाँ ल्याउन भनेका थिए। 'उहाँले अरु साथीहरुसँग पनि कुरा गर्छु भन्नुभयो', कोइरालाको भनाइ छ।
आजको बैठकको मुख्य अजेन्डा एमसीसीलाई पारित गर्नुपर्छ भन्ने रहेको कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।