काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो।
स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा आजको कार्यसम्पादन समितिको बैठकमा छलफल हुने बताइएको छ। यस्तै पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशन लगायतका विषयमा पनि छलफल केन्द्रीत रहने नेताहरुले बताएका छन्।
पार्टीको १४औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।