काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच भेटवार्ता भएको छ।
नेता कोइराला बिहीबार बिहान ९ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटलाई खुमलटार पुगेका थिए।
भेटमा स्थानीय तह निर्वाचन, संसद सञ्चालन लगायतका विषयमा छलफल भएको कांग्रेस नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। दुई नेताबीच १ घण्टा छलफल भएको थियो।
नेता कोइरालाले यसअघि मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।