काठमाडौं- नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले सभामुख अग्निप्रसाद सापकोटालाई कालोझण्डा देखाएको छ।
अनेरास्ववियुका विद्यार्थीले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित बिपी राजमार्गमा सभामुख सापोटालाई कालोझण्डा देखाएका छन्। एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको भन्दै अनेरास्ववियु काभ्रेका विद्यार्थीले सभामुख सापकोटालाई कालोझण्डा देखाएका हुन्।
काभ्रेको एक होटलमा आयोजना गरिएको सातै वटा प्रदेशका सभामुखसँगको अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुन जाँदै गर्दा सापकोटाले सभामुख सापकोटालाई कालोझण्डा देखाइएको हो।
त्यसक्रममा विद्यार्थी र सुरक्षाकार्मीबीच झडपसमेत भएको थियो। यसअघि पनि काभ्रेमा सभामुख सापकोटाविरुद्ध कालोझण्डा प्रदर्शन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।