काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पार्टी कार्यालय अगाडि प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीको कार्यसम्पादन समितिको बैठकको तयारी हुँदै गर्दा नेविसंघले कार्यालय अघि प्रदर्शन गर्ने तयारी गरेको हो।
विधानअनुरुप अधिवेशन हुनुपर्ने र तदर्थ समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै संघका कार्यकर्ताले केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्ने तयारी गरेको एक नेताले बताए।
पार्टीको कार्यसम्पादन समितिको बैठक बसिरहेको समयमा दबाब सिर्जना गर्न प्रदर्शन गर्न लागिएको बताइएको छ। पार्टीलाई दबाब दिने उद्देश्यले १ बजेदेखि प्रदर्शन गर्न लागिएको उनको भनाइ छ।
संघका अध्यक्ष राजीव ढुंगाना पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि संघ नेतृत्व विहिन बनेको छ। तदर्थमा चलिरहेको संघलाई पार्टीले पूर्णता दिनसमेत सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।