काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको पहिलो बैठक आज (बिहीबार) बस्दै छ।
दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाको विषयमा छलफल हुने भएको छ।
साथै, बैठकमा बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यस्तै बैठकमा आसन्न स्थानीय निर्वाचनको विषयमा पनि छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।