काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजको माग गर्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासहित विभिन्न कम्युनिस्ट पार्टीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
एमसीसीविरुद्ध मंगलबार देशभर कोणसभा गरेका नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले बुधबार दिउँसो प्रदर्शन गरेका हुन्। उनीहरूले आजै नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ कार्यक्रम समेत तय गरेका छन्।
बुधबार १ बजे माइतीघर मण्डलमा केन्द्रित भएर विरोध प्रदर्शनसहितको र्याली संसद् भवन नयाँ बानेश्वरतर्फ अघि बढेको छ।
यसअघि काठमाडौंमा आइतबार बसेको ६ दल र दुई मोर्चाको बैठकले २५ गते देशभर संयुक्त कोणसभा गर्ने, २६ गते काठमाडौंमा संसद् भवन घेराउ गर्ने र सोही दिन देशैभर जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।