काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान निर्माणमा पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाले भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। कोइरालको सातौं स्मृति दिवसका अवसरमा श्रद्धा सुमन अर्पण गर्दै प्रधानमन्त्रीले कोइरालाको नेतृत्वदायी भूमिकाको प्रशंशा गरेका हुन्।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्दै उनले पार्टीमा पुर्याएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सबैका लागि सधैं प्रेरणादायी भएको उल्लेख गरेका छन्।
नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गरेका कांग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।