काठमाडौं– चर्चित उपन्यास ‘पैताला’का लेखक गनेस पौडेलले पोखरा महानगरको मेयरमा उठ्ने घोषणा गरेका छन्। बुधबार पौडेलले सामाजिक सञ्जालमार्फत आगामी स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाबाट मेयरको पदमा उम्मेद्वारी दिने घोषणा गरेको जानकारी दिएका हुन्।
‘जित वा हारभन्दा पर पनि एउटा लडाइँ हुन्छ,’ पौडेलले लेखेका छन्, ‘दशकौंको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी ‘अटेरी’ मत हुन्छ। म त्यो लडाइँमा जाँदैछु।’
आगामी वैशाख ३० बाट स्थानीय तहको निर्वाचन हुने घोषणा भएको छ। सो निर्वाचनमा आफूले पनि ‘अटेर’ गरेर उम्मेद्वारी दिने निर्णय गरेको पौडेलले बताएका छन् ।
उनी लेख्छन्, ‘यसपटक ‘अटेर’ गर्दैछु। आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर पालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। आउनुस केही गरौं। अति भो ‘अटेर’ गरौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।