जनकपुर- लामो समयदेखि रिक्त मधेश प्रदेश सभाअन्तर्गत तीनवटै विषयगत समितिले सभापति पाएको छ।
निर्वाचन प्रणालीबाट प्रदेश सभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका नरेशकुमार यादव र कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का मदनसेन श्रीवास्तव निर्वाचित भएका छन्।
प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का जगतप्रसाद यादव सर्वसम्मत निर्वाचित भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
सार्वजनिक लेखा समितिको सभापतिका लागि प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट प्रल्हाद गिरी गोश्वामी र कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा (एमाले)बाट जगतारण देवी साह सुडीले उम्मेदवारी दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।