काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका कमल थापाले भारी मन तथा पीडाबोधका साथ आफूले यस्तो निर्णय गरेको बताएका छन्।
राप्रपाबाट अलग भएको विज्ञप्ति सामाजिक सञ्जालमा शेयर गर्दै थापाले ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरुप्रति आफूले सदैव गौरव गरिरहने बताएका छन्।
थापाले राप्रपाका कुनै पनि नेता/कार्यकर्ताहरुप्रति आफ्नो कुनै वैरभाव नभएको पनि बताएका छन्।
'अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरुप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन। सबैको भलो होस् भन्ने कामना गर्दछु,' थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
राप्रपा परित्याग गरेको वक्तव्यमा थपाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर पार्टीमै क्रियाशील रहने चाहना भएपनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।