काठमाडौं– महाभारत टेलिसिरियलमा भीमको भूमिका निर्वाह गरेका अभिनेता प्रवीण कुमारको निधन भएको छ। कुमारको ७४ वर्षको उमेरमा हृदयघातको कारण निधन भएको हो।
उनको गत राति पौने दश बजेतिर उनको निधन भएको भारतीय समाचारहरुमा उल्लेख छ। महाभारतबाहेक उनको अन्य सिरियल तथा बलिउड फिल्ममा पनि भूमिका रहेको छ।
उनी कलाकार बन्नुभन्दा अगाडि खेलाडी थिए। उनी एसियन गेम्स मेडलिस्ट पनि हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।