काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले तोकिएको मिति संविधानको मर्म अनुरुप रहेको उल्लेख गरेका छन्। वैशाख ३० को मिति तोकिएसँगै स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको उनको भनाइ छ।
'वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ, संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ' उनले भनेका छन्।
निर्वाचन टार्ने गरी भएका अनेकन बहस मिति घोषणा भएसँगै सकिएको उनले उल्लेख गरेका छन्। ' स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ। अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्' थापाले भनेका छन्, 'सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।