• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अदालतमा आन्दोलनको १०० दिन : के प्रधानन्यायाधीश राणा फेरि सक्रिय हुन खोज्दै छन्? 

64x64
नेपाल लाइभ मंगलबार, माघ २५, २०७८  ०९:०७
1140x725

काठमाडौं-

  • प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश नियुक्तको अजेण्डा राखेर सोमबार बोलाएको न्याय परिषद् बैठक अन्तिम समयमा सुचना टाँस गरेर स्थगित भयो। परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भएकाले उपस्थित हुन नसकेको भन्दै बैठक स्थगित भएको सुचना जारी गरिएको थियो।
  • आइतबार प्रधानन्यायाधीश राणाले न्याय सेवा आयोगको बैठक पनि डाकेका थिए। राणाले जिल्ला न्यायाधीशको परिक्षाको नतिजा सार्वजनिक गर्ने भन्दै बैठक बोलाएपछि परिषद्‍मा पुगे पनि। दिउँसो २ बजेलाई बोलाइएको बैठकमा ३ बजेसम्म कुनै पनि सदस्य उपस्थित नभएपछि राणा सर्वोच्च फर्किए। आयोगको बैठक अर्को शुक्रबारलाई सारियो।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाको बहिर्गमन माग गर्दै आन्दोलन सुरु गरेको १०० दिन पुग्दै गर्दा देखापरेका केही घटनाक्रम हुन् यी। राणाविरुद्ध बार आन्दोलित बनेको सोमबार १०० दिन पुगेको छ। तर, बारको आन्दोलनसामू नझुक्ने अड्डी कस्दै आएका राणाले यसरी तारन्तार बैठक डाक्न थाल्नु कतै उनको फेरि सक्रिय बन्ने चाहना त होइन? भन्ने चर्चा न्यायालयभित्र सुरु भएको छ। सहकर्मी न्यायाधीशहरुले पेसीका लागि गोला तान्न नदिएको कारण त्यहाँ सक्रिय हुन नपाएका राणाले परिषद् र आयोगमार्फत् आफू  ‘प्रधानन्यायाधीशका रुपमा सक्रिय रहेको’ सन्देश दिन खोजेको टिप्पणी पनि भइरहेको छ। कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण बढेसँगै अदालतको सेवा संकुचन भएपछि बारले पनि भौतिक उपस्थितिमा आन्दोलन रोकेको समयमा राणाले लगातार बैठक बोलाइरहेका छन्। यो उनको आफूलाई सक्रिय देखाउने प्रयत्न भएको सर्वोच्चका न्यायाधीश र बारका पदाधिकारीहरु बताउँछन्।

यही कुरा बुझेर वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की आइतबारको न्याय सेवा आयोगको बैठक र सोमबारको न्याय परिषद् बैठकमा उपस्थित भएनन्। कानुन व्यवसायीहरुले महान्यायाधिवक्ता खम्बबहादुर खाती र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई दुवै बैठकमा सहभागी नहुन दबाब दिएपछि उनीहरु पनि बैठकमा गएनन्। तर, राणाले आयोग र परिषद्‍को बैठक फेरि नयाँ मितिमा बोलाउन निर्देशन दिएका छन्।

कात्तिक ८ गतेदेखि सहकर्मी न्यायाधीशहरुबाटै असहयोग र बहिष्कारको आन्दोलन खेपेका प्रधानन्यायाधीश राणाले कात्तिक ११ गतेदेखि बारको आन्दोलन झेल्दै आएका छन्। बारले सुरुमा गोलाप्रथा लागू गराउन र सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गराउन माग राखेको थियो। न्यायालयको विकृतिसम्बन्धी सो अध्ययन प्रतिवेदनमा समेटिएका सुझावहरु कार्यान्वयन गर्न र पेसी तोक्दा गोलाप्रथा तत्काल लागू गर्न बारले सुरुमा प्रधानन्यायाधीश राणाको ध्यानाकर्षण गराएको थियो। बारभन्दा अघि नै सर्वोच्चका बहालवाला १५ न्यायाधीशले कात्तिक ७ गते चिया समयपछि बैठक बसेर प्रधानन्यायाधीश राणाले तोकेको पेसीमा मुद्दा सुनुवाइ गर्न नसकिने निष्कर्ष निकालेका थिए।

राणाले कार्यपालिका प्रमुखसँगको साँठगाँठमा राजनीतिक भागबण्डा लिने र आफन्तबाट बिचौलियाको काम गराउने काम गरेको, न्याय सम्पादनमा असक्षमता प्रदर्शन गरेको र अदालतको विकृति अन्त्य गर्न अग्रसर नभएको भन्दै उनीहरुले आन्दोलन सुरु गरेका थिए।

उनीहरुले राणामा न्यायिक विचलन नै देखिएकाले उनले तोकेका मुद्दासमेत सुनुवाइ नगर्ने निर्णय गरेका थिए। सर्वोच्चका सबैजसो न्यायाधीशहरुले यही कुरा प्रधानन्यायाधीश राणालाई जानकारीसमेत गराएका थिए। तर, उनीहरुले त्यसो भन्दा राणाले आफूसँगै अरु न्यायाधीश पनि विवादमा आएको तर्क गर्दै उनीहरुले पनि राजीनामा दिनुपर्ने जिरह गरे। उनले आफू जुन संवैधानिक प्रक्रियाबाट आएको हो, त्यही प्रक्रियाबाट मात्र बहिर्गमन हुने बताए। उनको यस्तो अड्डीपछि ४० दिनसम्म उनले तोकेको पेसी बहिस्कार गरेका न्यायाधीशहरु सेवाग्राही मर्कामा पर्न थालेपछि आफ्नै सक्रियतामा फुलकोर्ट बैठक बोलाएर सर्वोच्च अदालत नियमावली संशोधन गर्दै पेसीमा गोला प्रथा लागू गरेर नियमित काममा फर्केका थिए।

यो क्रम विस्तार भएर माघ २ गते (आइतबार) देखि उच्च अदालत र जिल्ला अदालतहरुमासमेत गोला तानेर पेसी तोक्न थालिएको छ। योसँगै जिल्लाका प्रमुख न्यायाधीश र उच्च अदालतका मुख्य न्यायाधीशको एउटा अधिकार खोसिएको छ। सर्वोच्चमा मंसिर १५ गतेदेखि नै गोला तान्न थालिएपछि प्रधानन्यायाधीशको तजविजी अधिकार खोसिइसकेको थियो। 

अदालतभित्र भ्रष्टाचार बढ्नुमा प्रमुखले पेसी तोक्ने प्रणाली नै प्रमुख कारक भएको सर्वोच्च अदालतबाटै गठन भएको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख थियो। न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको विकृतिविहीन न्यायपालिका अध्ययन समितिले स्वचालित पेसी प्रणाली (अटोमेसन) पद्धति लागू गर्नुपर्ने सुझाव दिए पनि त्यो सुझाव कार्यान्वयनमा राणाले आनाकानी गरेपछि सर्वोच्चभित्रको विवाद विष्फोट भएको हो। पेसी तोक्ने अधिकार खोसिएपछि र सर्वोच्चका कुनै पनि न्यायाधीशले राणासँग इजलास सेयर नगर्ने निर्णय गरेपछि भने राणा अदालत हाजिर भएर प्रशासनिक काममात्र गर्दै आएका छन्।

nimb
nimb

के भन्छन् बार र कानुनमन्त्री?
प्रधानन्यायाधीश प्रकरणले निम्त्याएको न्यायालयको संकटले तीन महिना लामो समय गुजारिसक्दा पनि यसको निकास कसरी हुन्छ भन्ने उपाय भेटिएको छैन। राणाको विषयमा आफूहरु अलमल वा दोधारमा रहेको कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु नै बताउँछन्। अदालतभित्रको विवाद त्यहाँकै नेतृत्वका कारण भएकाले त्यहीँबाट समाधान हुनुपर्ने उनको भनाइ छ। उनले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, महान्यायाधिवक्ता, प्रधानन्यायाधीश राणा र अन्य आन्दोलनरत पक्षलाई समेत भेटेर न्यायालयको विषय त्यहीँ नै समाधान गर्न आग्रह गरेका थिए।

‘न्यायालयको विवाद लामो भएको छ। त्यसको पनि समाधान खोज्नुपर्छ,’ मन्त्री बडुले नेपाल लाइभसँग भने, ‘हामी चाहन्छौं, समस्याको समाधान होस्। समाधान छिटो होस्, यही अपेक्षा हो। आग्रह गरिरहेकै छौं।’

कानुनमन्त्री बडुले अनौपचारिक रुपमा राणालाई बहिर्गमनको बाटो अपनाउन वा उचित निकास दिन प्रधानमन्त्रीमार्फत् समेत आग्रह गरेका थिए। तर, राणाले त्यसको परवाह गरेनन्। बारले राणाको बहिर्गमन नभएसम्म आन्दोलन जारी रहने र अबको आन्दोलन राजनीतिक दल केन्द्रित हुने टिप्पणी गरिरहँदा उनले यसको छिटो निकास निकाल्नुपर्ने टिप्पणी गरे। न्याय परिषद् सदस्य र सम्पर्क मन्त्रालयको जिम्मेवार मन्त्रीको रुपमा बडुले प्रधानन्यायाधीशलाई छिटो समाधान निकाल्न पनि आग्रह गरे। तर, त्यसबाट केही भएन।

कानुनमन्त्री बडुले आइतबार र सोमबारको बैठक बहिस्कार गरेर अब प्रधानन्यायाधीश राणाको साथमा आफू नभएको सन्देश भने दिएका छन्। ‘पटक-पटक राणाले बोलाएको बैठक कानुनमन्त्रीले बहिस्कार गर्नुको अर्थ उहाँको समर्थन छैन भन्ने नै हो,’ कानुन मन्त्रालय स्रोतले भन्यो, ‘अब फेरि सक्रिय वा साक्षी राख्न खोजे पनि कानुनमन्त्री सहभागी हुनुहुन्न।’ 

नेपाल बारका महासचिव लिलामणि पौडेलले पछिल्लोपटक राणाले बोलाएको बैठक आफूहरुले नजिकबाट हेरिरहेको बताए। बार अहिले पनि आन्दोलनमा रहेको भन्दै उनले भने, ‘बारको एकमात्र माग न्यायालय सुधारको थालनी प्रधानन्यायाधीश राणाको राजीनामाबाट हुन्छ, हुनुपर्छ।’

न्यायालयमा विकृति बढ्नुमा भने प्रधानन्यायाधीश जबरामात्रै कारक नरहेकाले पहिलो अजेण्डामा उनको राजीनामा हुनुपर्ने, अनि अरु शुद्धीकरणको कुरा बारले उठाउने उनले बताए। ‘न्यायालयको यो अवस्थामा राणामात्र दोषी छैनन्, तर यसो भनिरहँदा उनको नेतृत्वमा राम्रो भएको भन्ने हैन,’ पौडेलले भने, ‘न्यायालय प्रमुख भएकाले जिम्मेवारी लिनुपर्ने र सुधार गर्नतर्फ लाग्नुपर्ने उनी किन न्याय सम्पादनदेखि नेतृत्वसम्म विचलनमा परे? त्यसैले उनले मार्गप्रशस्त गर्नुपर्छ।’

विभिन्न राजनीतिक दलको महाधिवेशन र कोरोना भाइरसको संक्रमण फैलिएका कारण बारको आन्दोलनमा सहभागिता कम भएको देखिएको भए पनि त्यस्तो नभएको बताए।

आन्दोलन १०० दिन पुगेको अवसरमा बारले सोमबार 'भर्चुअल' रुपमा बार एकाइका अध्यक्ष, पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेको थियो। आगामी आन्दोलनका कार्यक्रमहरुको बारेमा छलफल गर्न र विगतको आन्दोलनको समीक्षा गर्न आयोजना गरेको कार्यक्रममा सहभागी अधिकांशले बार सशक्त आन्दोलनमा जानुपर्ने सुझाव दिएका थिए। कोरोनाका कारण बीचमा भर्चुअल आन्दोलन गर्नु परे पनि अब भौतिक उपस्थितिमा दबाबमुलक आन्दोलन गर्नुपर्ने उनीहरुको समग्र सुझाव थियो। बारले यो सुझावलाई ध्यानमा राखेर पदाधिकारी बैठकमार्फत् आन्दोलनको स्वरुप र कार्यक्रम सार्वजनिक गर्ने महासचिव पौडेलले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, माघ २५, २०७८  ०९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी प्रभावितको आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने
रसुवाको बाढी प्रभावित क्षेत्रमा ८ टन राहत सामग्री पठाइयो
सिन्धुपाल्चोकसहित ५ जिल्लामा सतर्कता अपनाउन आग्रह
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी प्रभावितको आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने बिहीबार, भदौ ११, २०८३
रसुवाको बाढी प्रभावित क्षेत्रमा ८ टन राहत सामग्री पठाइयो बिहीबार, भदौ ११, २०८३
सिन्धुपाल्चोकसहित ५ जिल्लामा सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
थप ठूलो बाढी आउने विश्वसनीय सूचना प्राप्त छैन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण बिहीबार, भदौ ११, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्