काठमाडौं– चर्चित गीत ‘सिमसिमे पानीमा’ गाएकी गायिका रेखा शाह केही समयदेखि भने निष्क्रिय थिइन्। तर, अब उनको निष्क्रियता टुटेको छ।
सोमबार गायिका रेखा शाहको नयाँ गीत ‘तिम्रै माया’ सार्वजनिक भएको छ। रेखाको जन्मदिनको अवसरमा सोमबार उनको नयाँ गीत सार्वजनिक भएको हो।
यो गीतमा रमा कार्कीको शब्द रहेको छ। गीतको संगीत राम थापाको रहेको छ भने फनन्द्र राईले यसलाई एरेन्ज गरेका छन्।
गीतको भिडियोमा रेखाकै अभिनय छ। गीतको निर्देशनसँगै छायांंकन पनि रुपेश थापाको रहेको छ। भिडियोको सम्पादन मिलन विश्वकर्माको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।