• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
फेरि विभाजनको डिलमा राप्रपा

कमल थापाले आफू निकटको भेलामा भने– ‘माग सम्बोधन नभए पार्टीमा बस्न सकिन्न, विकल्पको लागि तयार रहनुस्’

64x64
नेपाल लाइभ सोमबार, माघ २४, २०७८  १४:५९
1140x725
कमल थापा, फाइल तस्बिर

काठमाडौं– पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा पराजित भएपछि तीव्र असन्तुष्टि जनाइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्वतमान अध्यक्ष कमल थापा विकल्पको 'खोजी'मा जुटेका छन्।

मंसीर २७ गते महाधिवेशनबाट निर्वाचित बनेको नेतृत्वसमक्ष विभिन्न मागहरू राखेका थापा आफूले अगाडि सारेका माग सम्बोधन हुने छाँटकाँट नदेखिएपछि विकल्पको खोजीमा जुटेका हुन्। 

त्यसैको तयारी स्वरुप उनले आफू निकट नेता कार्यकर्ताहरूसँगको छलफललाई तीव्र पारेका छन्। आइतबार उनले सुकेधारामा एकता महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्।

उनी निकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले पछिल्लो घटनाक्रम लगायतका विषयमा निवर्तमान अध्यक्षले आफूहरुसँग छलफल गरेको जानकारी दिए। 

‘काठमाडौंमा उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई उहाँले छलफलमा बोलाउनुभएको थियो। पछिल्लो घटनाक्रमको बारेमा आफ्नो धारणा राख्नुभयो,’ बर्तौलाले भने। छलफलका क्रममा थापाले आफूले पार्टीभित्र उठाएको विषय सम्बोधन गर्न वर्तमान नेतृत्व तयार नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

‘मैले उठाएको विषय सैद्धान्तिक, व्यवहारिक र सांगठनिक रुपमा नै टुंगो लगाइयो भने पार्टीभित्र नै बसेर सक्रियतापूर्वक काम गर्ने वातावरण रहन्छ,’ थापाले आफू निकट नेताहरूसँग भने, ‘नत्र भने विकल्पमा जानुपर्ने हुन्छ। म आफ्नो हिसाबले अगाडि बढ्नुपर्ने अवस्था आउने छ।’

उनले त्यो अवस्थामा 'तपाईंहरुको साथ र सहयोग आवश्यक पर्ने' भन्दै सहभागी नेताहरुलाई जानकारी गराएका थिए। ‘पार्टीभित्र देखिएको समस्या स्थानीय तहको निर्वाचन अघि नै समाधान हुनुपर्छ, भएन भने विकल्पमा जानुपर्ने हुन्छ र त्यसको तयारीमा लाग्नु भनेर उहाँले भन्नुभयो,’ थापाको भनाइ उद्धृत गर्दै बर्तौलाले भने, 'तपाईंहरुलाई कुनै दबाब दिँदैन, आफ्नो हिसाबले निर्णय गरेर सहयोग गर्नुपर्छ।’

थापाले आफूले अघि सारेको माग सम्बोधन नभएमा पार्टीभित्र रहन नसक्ने पनि प्रष्ट पारेका छन्। उनले नैतिक रुपमा आफूले उठाएका प्रश्नको जवाफ र समाधान नआएमा सक्रिय हुन नसक्ने भन्दै विकल्पमा अर्को पार्टी स्थापना गरेर अघि बढ्ने प्रष्ट संकेत गरेको अर्का एक केन्द्रीय सदस्यले जानकारी दिए।

nimb
nimb

‘उहाँको आजको कुरा सुन्दा विकल्पका रुपमा नयाँ पार्टी स्थापना गरेर जाने पूर्ण तयारीमा नै लागेको देखिएको छ,’ ती केन्द्रीय सदस्यले भने, ‘वर्तमान नेतृत्व र शीर्ष नेताहरूले गम्भीर भएर समस्या समाधान नगरेमा पार्टी विभाजन हुनसक्ने देखिन्छ।’

आफूले वर्तमान नेतृत्व र पार्टीका शीर्ष नेताहरूलाई एकताबद्ध पार्टी बनाएर लैजाने विषयमा गम्भीर बन्न आग्रह गरेको थापाको भनाइ थियो। 

गत मंसिरमा भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापाले पार्टीका गतिविधि बहिष्कार गर्दै आएका छन्। 

निवर्तमान अध्यक्ष थापाले असन्तुष्टि जाहेर गर्दै आएपछि आइतबार भने महाधिवेशनपछि पहिलोपटक अध्यक्ष लिङ्देनले थापाको निवासमा गएर छलफल गरेका थिए। 

छलफलका क्रममा अध्यक्ष लिङ्देनले थापाले उठाएका विषयहरुमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने प्रतिबद्धता जनाएका थिए। 
महाधिवेशनबाट थापा पक्षीय नेताहरू धेरै निर्वाचित भएपनि मनोनयनबाट अध्यक्ष लिङ्देनले आफ्नो पकड बलियो बनाएका छन्। 

महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मला निवासको ठाडो हस्तक्षेप भएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका थापाले त्यसको छानबिन हुनुपर्ने माग पनि राख्दै आएका छन्।  

थापा निकट नेताहरूका अनुसार उनले हिन्दूवादी एजेण्डासहित नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने तयारी गरिरहेका छन्। 

केही दिन अघि अर्को ध्यानाकर्षण पत्र पठाएर थापाले आफ्नो मागलाई उपेक्षा गरेर आफूलाई भित्तामा पुर्‍याउने काम नगर्न भनेका थिए। 

पार्टीका कार्यक्रम र गतिविधिबारे आफूलाई कुनै सूचना र जानकारी समेत नदिइएको र योजनाबद्ध रुपमा अलग्याउने प्रयास भइरहेको थापाको बुझाइ छ। त्यस्तै, एकपक्षीय, पूर्वाग्रही र समावेशी मान्यता विपरीत केन्द्रीय कार्यसमितिको विस्तार, राष्ट्रिय सभा निर्वाचनमा अवलम्बन गरिएको हचुवा नीति, स्थानीय तहको निर्वाचनको तयारीमा सुस्तता भएको भन्दै थापाले अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका थिए। 

सोमबार भएको छलफलमा उपाध्यक्ष बुद्धिमान तामाङ, धुव्रवहादुर प्रधान, महामन्त्री कुन्ती शाही, नेताहरू रोशन कार्की, जयन्त चन्द, राजीव पराजुली, तोरण गुरूङ लगायतका नेताहरू सहभागी थिए।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्