काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय, रौतहटमा उजुरी परेको छ।
नागरिक अभियानकर्मी तारानाथ दाहालले आइतबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमार्फत जाहेरी दरखास्त दिएका हुन्।
२०६३ चैत ७ गते गौरमा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको घटना उल्लेख गर्दै मन्त्री यादवले गत माघ ५ गते गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ। उनलाई मन्त्रीबाट हटाउनुपर्ने आवाज पनि उठिरहेका छन्।
मन्त्रीको उक्त अभिव्यक्तिले मुलुकी अपराध संहिता, २०७४ को दफा ३५ को कसूर गर्न दुरुत्साहन दिने र द्वन्द्व फैलाउने जाहेरीमा उल्लेख छ।
कानुनअनुसार हदैसम्मकोे कारबाहीको माग गरी उक्त जाहेरी दरखास्त हुलाकमार्फत रौतहट प्रहरीकोेमा पठाएको दाहालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।