• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमसीसीलाई देउवा–प्रचण्डको पत्र- कूटनीतिक मर्यादाको धज्जी, परराष्ट्र नै बेखबर

64x64
नेपाल लाइभ सोमबार, माघ २४, २०७८  १८:४१
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयलाई लेखेको पत्रबारे आलोचना भइरहेको छ। 

सत्तारुढ नेपाली कांग्रेसभित्र एमसीसीका बारेमा एकमत भए पनि अर्को सत्तारुढ दल माओवादी केन्द्रभित्र एकमत नभएका कारण अध्यक्ष प्रचण्डले लेखेको पत्रको पार्टीभित्र नै चर्को आलोचना भइरहेको छ।

देउवा–प्रचण्डले लेखेको संयुक्त पत्र राजनीतिक मात्र नभई कुटनीतिक  रुपमा पनि मर्यादाविपरित रहेको टिप्पणी कुटनीतिक क्षेत्रका जानकारहरुले गरेका छन्।

परराष्ट्र वा अर्थ मन्त्रालयका एक सहसचिव स्तरका कर्मचारीले लेख्ने पत्र देशका बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले संयुक्त रुपमा लेख्नु गम्भीर भएको भन्दै उनीहरुले आलोचना गरेका छन्। 

बहालवाला र पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दुई दलका अध्यक्षको पत्रको कुटनीतिक रुपमा महत्त्व हुने भन्दै यसको आलोचना भइरहेको हो। 

परराष्ट्र मन्त्रालयलाई समेत कुनै जानकारी नदिई लेखिएको पत्रले देशको कूटनीतिको धज्जी उडाउने काम गरेको पुष्टि भएको उनीहरुको टिप्पणी छ। 

देशका बहालवाला र पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दलका अध्यक्षले पठाएको पत्रको जवाफ भने एमसीसी मुख्यालयका कर्मचारीले दिएका थिए। यसले नेपालको कुटनीति मर्यादामाथि प्रश्न उठेको उनीहरुको बुझाइ छ। 

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका परराष्ट्र मामिला सल्लाहकार रहिसकेका परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराईले देउवा र प्रचण्डद्वारा पठाइएको पत्र उच्च कूटनीतिमा गलत अभ्यासको नमूना भएको टिप्पणी गरे।

nimb
nimb

भट्टराईले प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको तहबाट एमसीसी बोर्ड अध्यक्षलाई गरिएको पत्राचारले नेपालको कूटनीतिमा धेरै  प्रश्न उव्जिएको बताए।  

‘प्रधानमन्त्री हाम्रो राजनीतिक प्रणालीमा सर्वोच्च पद हो, त्यसैले वहालवाला र पूर्वप्रधानमन्त्रीले लेखेको पत्र नेपालको आधिकारीक कुरा हो। यसबाट के अर्थ लगाउने?,’ उनले भने, ‘समग्र देशले नै अब पारित गर्छौं भनिसक्यो। फेरि बाहिर संशोधन गर्छौं भनेर कसरी बोल्न मिल्छ?’ 

यस्ता पत्रले कूटनीतिमा ठूलो अर्थ राख्ने भन्दै भट्टराईले यसमा अब थप स्पष्टीकरण भन्दा पारित गर्नेतिर लाग्नुपर्ने बताए। 

‘प्रधानमन्त्री स्वयंले  लेखेको पत्र र बोलेका कुरालाई अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा धेरै महत्त्वका साथ लिइन्छ,’ उनले भने, ‘तर, दुःखका साथ भन्नुपर्छ हाम्रो देशमा अनौठो-अनौठो भइरहेको छ।’ 

जरुरी नै नभएको विषयमा देउवा र प्रचण्डले पत्र लेख्न अग्रसरता देखाएको बताउँदै उनले अब विवाद गर्नु भनेको अन्तर्राष्ट्रिय रुपमा कच्चा कूटनीति देखाउने कार्य हुने बताए। 

पत्रमा एमसीसी सम्झौता अनुमोदनका लागि तयार रहेको उल्लेख गरेका प्रचण्डले अहिले आएर संशोधन हुनुपर्ने अडान लिनुलाई प्रचण्डको दोहोरो चरित्रको रुपमा हेर्नुपर्ने उनको भनाइ छ।

‘पत्र लेख्दा पास गर्छु, प्रतिवद्ध छु भन्ने अनि अहिले संशोधन गरौं वा पार्टीभित्र यस्तो भयो भन्न मिल्दैन’, भट्टराईले भने, ‘पार्टीभित्र विवाद छ भने मिलाउने हो, त्यो वहाँकै जिम्मेवारी हो। तर, त्यसलाई अहिले ल्याएर यस्तो भयो भन्न मिल्दैन।’ 

देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्रको अमेरिकाका तर्फबाट दिइएको प्रत्युत्तर समेत सार्वजनिक भएकाले यसरी भएको पत्रको ओहोर दोहोरले नेपालको कुटनीतिक कच्चापन प्रदर्शन भएको, विश्वमञ्चमा नेपालका नेता र नेतृत्वको स्तर कस्तो छ भन्ने देखिएको कुटनीतिज्ञहरुको भनाइ छ। 

प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले असोज दोस्रो साता एमसीसीको मुख्यालयलाई पत्र लेखेका थिए। उक्त पत्रको जवाफ यही फेब्रुअरी ३ मा एमसीसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महमुद वाले दिएका छन्। 

सरकारको कार्यविभाजन नियमावली तथा अन्तर्राष्ट्रिय कूटनीतिक प्रचलनअनुसार कूटनीतिक मामिला सञ्चालन परराष्ट्र मन्त्रालयलमार्फत् गरिनु पर्दछ।

सरकारको आधिकारीक रेकर्डमा राख्नका लागि पनि यो बाटो हुँदै सरकारले परराष्ट्र मामिलाका काम गर्नुपर्ने हुन्छ। तर,  देउवा र प्रचण्डले लेखेको पत्रमा न परराष्ट्र मन्त्रालयलको कुनै भूमिका छ, न त यसबारे उसलाई जानकारी नै छ। 

परराष्ट्र मन्त्रालयका एक अधिकारीले देउवा–प्रचण्डका तर्फबाट भएका पत्राचार सार्वजनिक सञ्चार माध्यममा आएपछि आफूहरुले थाहा पाएको बताए।

‘कसले कुन रुपमा कसलाई गोप्य पत्र लेख्छ, केही थाहा हुँदैन’, ती अधिकारीले भने, ‘तपाईंहरुले सार्वजनिक गरेपछि पत्राचार भएको रहेछ भनेर जानकारी आएको छ। औपचारिक रुपमा प्रतिक्रिया दिन मिल्दैन।’  

पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पदाधिकारीलाई लेखेको पत्र कूटनीतिक मर्यादाविपरीत रहेको टिप्पणी गरे। उनले दुवै पूर्वप्रधानमन्त्रीले जनतासँग माफी माग्नुपर्ने बताए। ‘कानुन, संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकूल रहेको सो पत्र अहिलेसम्म गोप्य राख्नु आपत्तिजनक छ’, उनले भने, ‘उहाँहरूले जनतासमक्ष माफी माग्नु पर्छ।’ 

नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि यसरी पत्र लेख्ने कार्यले राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा बदनाम गराएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत् उनले केही पात्रका कारण यस्तो भइरहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डलक्षित टिप्पणी गरेका छन्। 

‘आज नेपालको राष्ट्रिय राजनीति यसका केही पात्रहरूका कारण स्खलित भएको छ। यसप्रति राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा समेत बदनामी भएको छ र अविश्वासको वातावरण बनेको छ’, उनले लेखेका छन्, ‘यसलाई सच्याउन र विश्वास जगाउन आउने पुस्ताले धेरै ठूलो कसरत गर्नुपर्ने  देखिदैँछ।’ 

मुलुकको भौगोलिक अवस्थितीको महत्त्व हिजो भन्दा आज बढेको भन्दै शक्ति राष्ट्रहरूले प्रभाव बिस्तारका लगि गर्ने प्रतिस्पर्धा पनि बढेको समयमा एमसीसीको मुख्यालयलाई लेखेको पत्रले नेपालको कुटनीति झन् खस्केको उनले बताए । 

‘बाह्य मुलुकहरूको आग्रह वा स्वार्थमा देश भित्रका शक्तिहरू बिभाजित हुने छुट हामीलाई छैन’, उनले भने, ‘वैदेशिक शक्तिसँग आन्तरिक राजनीतिलाई जोडेर क्षणिक फाइदामा नरमाऔं।’ 

पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले अमेरिकाको एउटा सरकारी कर्पोरेसनलाई नेपालका वर्तमान र पूर्वप्रधानमन्त्रीले पत्र लेख्नु समर्पण–पत्र भएको टिप्पणी गरे। 

‘वर्तमान प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले पठाएको ‘समर्पण–पत्र’ पढ्दा दुःख लाग्यो’, उनले भने, ‘नेपालको कूटनीति अब पाताल पुगिसकेको छ।  नेपाली नेतृत्वको मनस्थिति कति कमजोर र प्रतिक्रियावादी रहेछ भन्ने यसले स्पष्ट पारेको छ।’  

उनले यसरी पत्र लेख्ने कार्यका लागि परराष्ट्र मन्त्रालय रहेको र अन्य निकाय हुँदाहुँदै उच्च राजनीतिक नेतृत्व नै अग्रसर हुनु गलत भएको बताए। 

सुरुमा पत्र लेख्ने र अहिले आएर पारित गर्न दोधारे चरित्र देखाउनुले विश्वमै कूटनीतिक मजाक प्रर्दशन गरेको देखिने उनको टिप्पणी छ। 

आफ्नै पार्टीका अध्यक्षले हस्ताक्षर गरेको पत्रको उक्त पार्टीका नेताहरुले पनि आलोचना गरेका छन्। माओवादी केन्द्रका नेता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डले लेखेको पत्रको आलोचना गरे। माओवादीका अर्का नेता देव गुरुङले पनि कर्मचारीले लेख्नुपर्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नु गल्ती भएको टिप्पणी गरे । 

‘समस्या कहाँ छ भने विदेशी निकायसँगको पत्राचार भएकाले यो कूटनीतिक माध्यमबाट हुनुपर्थ्यो। पहिलो कुरा, पाँच दलको बीचमा सहमति हुनुपर्थ्यो। दोस्रो, कूटनीतिक निकायमार्फत् गर्नुपर्थ्यो’, उनले नेपाल लाइभसँग भने, ‘पराराष्ट्र मन्त्रालयबाट कर्मचारीले गर्नुपर्ने थियो। उहाँहरुले हस्ताक्षर गर्ने कुरा ठीक होइन। कूटनीतिक मर्यादा अनुकूल मिल्दैन। यो कूटनीतिक निकायमार्फत् पत्राचार गर्नुपर्ने विषय हो। प्रक्रियागत रुपले त्रुटी देखिन्छ।’ 

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
थप ठूलो बाढी आउने विश्वसनीय सूचना प्राप्त छैन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
थप ठूलो बाढी आउने विश्वसनीय सूचना प्राप्त छैन : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण बिहीबार, भदौ ११, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्