काठमाडौं- नेपाली कांग्रेसको प्रवक्तामा डा प्रकाशशरण महत नियुक्त भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्तामा नियुक्त गरेका हुन्।
महत यसअघि सहमहामन्त्री थिए। मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा उनी सभापति देउवापक्षबाट महामन्त्रीका उम्मेदवार रहेका थिए तर उनी पराजित भएका थिए।
महतलाई सभापति देउवाले केन्द्रीय सदस्य मनोनित गरेका थिए। विधानअनुसार सभापतिले पार्टी प्रवक्ता नियुक्त गर्ने व्यवस्था छ।उनी पूर्व परराष्ट्र मन्त्री थिए।
महामन्त्री बनेसँगै विश्वप्रकाश शर्मा प्रवक्ताबाट बिदा भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।