काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता अघि बढाउन प्रस्ताव गरेका छन्।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सित आइतबार बालुवाटारमा छलफल गर्दै यस्तो प्रस्ताव गरेका हुन्।
छलफलमा प्रचण्डले एमसीसीलाई चुनावपछि लैजानुपर्ने धारणा राखेका थिए भने ओलीले एमसीसीका विषयमा पहिले सत्ता गठबन्धन प्रष्ट हुनुपर्ने बताएका थिए।
बैठकमा सहभागी एमाले महासचिव शंकर पोखरेलले बैठकपछि पत्रकाहरूलाई प्रतिक्रिया दिँदै संसद् अवरोध खुलाउने विषयमा सत्ता पक्षले पहल लेओस् भनेर समेत आफूहरूले भनेको बताए। उनले संसद् अवरोध गर्ने आफूहरूले मनशाय नरहेको तर १४ जना 'गैरसांसद' राखेर संसद् चल्ने नसक्ने बताए।
छलफलमा प्रचण्डले ओलीलाई एमालेले गरिरहेको संसद् अवरोध हटाउन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।