काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी निगोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँगको सहयोग सम्झौता यथास्थितिमा संसद्बाट पारित गराउन नसकिने बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीलाई लेखेको र एमसीसीले दुवै नेतालाई लेखेको पत्रलाई लिएर भ्रममा नपर्न पनि उनले कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
यथास्थितिमा (संशोधन नगरी) एमसीसी सम्झौता स्वीकार गर्न र संसदीय अनुमोदनको प्रक्रियामा अघि बढाउन मिल्दैन भन्ने विषयमा पार्टी दृढ रहेको पनि श्रेष्ठको भनाइ छ।
'प्रम देउवा र अध्यक्ष क. प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ। पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन, सकिँदैन,' श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।