काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडको ‘सर्वश्रेष्ठ बचत खाता’मा ग्राहकहरूलाई पाँच वर्षसम्म ८४ लाख रूपैयाँसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध गराउने भएको छ।
बैंकले गत कात्तिक १ गतेदेखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’योजनामा ग्राहकहरूले अत्यन्त उत्साहजनक सहभागिता जनाएको उल्लेख गरेको छ।
सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाइदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गरिने र बचत खातामै ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा प्रदान गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ।
सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने बताइएको छ। बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरूका साथसाथै बैंकले स
र्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरूलाई पाँच वर्षको अवधिसम्म उपलब्ध गराएको जनाएको छ।बैंकका अनुसार यसअघि सर्वश्रेष्ठ खाताहरू खोलिसकेका ग्राहकहरूले समेत कुनै अतिरिक्त शुल्क बिना स्वतः नयाँ सुविधा पाउन सक्नेछन्।
बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खाता सम्बन्धी विस्तृत जानकारीका लागि नजिकको शाखा कार्यालय वा SB टाइप गरी ३४८८ मा एसएमएस पठाउन सक्ने बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।