काठमाडौं– क्लासिक टेकका ग्राहकहरूले अब सात दिनसम्म सापटी सेवा पाउने भएका छन्। क्लासिक टेकको रिचार्ज सकिएमा यो सेवा प्रयोग गर्न सकिने छ।
क्लासिक टेकको इन्टरनेटमा रिचार्ज सकियो तर तत्काल तिर्नलाई पैसा छैन वा घरबाहिर भएको खण्डमा यो सुविधा उपयोगी हुने कम्पनीले जनाएको छ। क्लासिक टेकको मोबाइल एपबाट सापटी सेवा प्रयोग गर्न सकिने बताइएको छ।
सापटी सविधा नेपालमा नै पहिलोपटक शुरू गरिएको कम्पनीले जनाएको छ।
रिचार्ज गरेपछि सापटी सेवाबाट लिएको सुविधा काटिने कम्पनीले जनाएको छ। ६ महिना र १२ महिनाको सेवा लिएका ग्राहकले शुरूमा ४ दिन र त्यसपछि ३ दिन गरी ७ दिन सम्म सापटी सेवा प्रयोग गर्न सक्ने छन्।
त्यस्तै, २ महिना र ३ महिनाको सेवा लिएका ग्राहकले शुरूमा २ दिन र त्यसपछि १ दिन गरी ३ दिनसम्म सापटी सेवा लिन सक्नेछन्। साथै एक महिनाको सेवा लिएका ग्राहकले २ दिनको रिचार्ज सापटी पाउनेछन्।
क्लासिक टेकले देशभरका ७४ जिल्लामा सञ्जाल विस्तार गरेको छ। हाल कम्पनीले १५० देखि १ हजार एमबीपीएससम्मको इन्टरनेट वितरण गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।