काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिअनुसार यही माघ २७ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने विज्ञप्तिमा उल्लेख छ।
बैठकका मुख्य अजेण्डाहरु- म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुका सम्बन्धमा, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा तथा विविध रहेको जनाइएको छ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई आमन्त्रण गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
माघ १४ गते 'भर्चुअल' रुपमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।