• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ १८, २०८२ Sun, Jun 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
मधेस प्रदेशसभाबाट चार वर्षमा ४४ विद्येयक पारित
64x64
रासस शनिबार, माघ २२, २०७८  १०:१४
1140x725

जनकपुर- प्रदेशसभा स्थापना भएको चार वर्षमा मधेश प्रदेशसभाले ४४ वटा विधेयक पारित गरेको छ। प्रदेशसभा सचिवालयका अनुसार पारित भएका सबै विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइरहेको छ।  

प्रदेश सभा स्थापनाको चार वर्ष बित्नै लाग्दा गत माघ ३ गते मात्र प्रदेशको नाम 'मधेश' र राजधानी 'जनकपुरधाम' टुङ्ग्याउन सफल मधेश प्रदेश सभाले पारित भएका सबै विधेयक कार्यान्वयन गरिसकेको छ। संघीयता संस्थागत गर्नेदेखि प्रदेश सरकार सञ्चालन र सामाजिक रुपान्तरण सम्बन्धी प्रदेश सरकारबाट आएका महत्वपूर्ण विधेयकहरु पारित गर्ने यस प्रदेशले बनाएका कतिपय महत्वपूर्ण ऐन कार्यान्वयनमा चुनौती देखिएको प्रदेशसभा सदस्यहरु बताउँछन्।  

स्वास्थ्य सेवा, प्रदेश पदक, आर्थिक, प्रदेश प्रहरी सेवा, दलित सशक्तिकरण, प्रदेश निजामती सेवा, प्रदेश आर्थिक, प्रदेश विनियोजन, जनलोकपाललगायतका महत्वपूर्ण ४४ वटा विधेयकहरु प्रदेशसभाबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए। उनका अनुसार प्रदेश आवश्यक सेवा सञ्चालन, प्रदेश बालिका संरक्षण र खोप सेवा सञ्चालन गर्ने विधेयक प्रदेशसभामा छलफल हुन बाँकी छ। प्रदेश सभा अन्तर्गतको विभिन्न समितिमा नौ वटा विधेयक विचाराधिन अवस्थामा रहेको प्रदेशसभा सचिवलायका सचिव यादवले बताए।

प्रदेश सरकारको विभिन्न मन्त्रालयहरुले तयार गरी विषयगत समितिमा पठाएको प्रदेश जाँचबुझ आयोग गठन, मदर्सा शिक्षा बोर्ड गठन, प्रदेशसभा सञ्चालन सम्बन्धी र प्रादेशिक सवारी तथा यातायात, प्रदेश प्रशासन, संस्था दर्ता सम्बन्धी, प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना सम्बन्धी, प्रदेश सहकारी, कर तथा गैरकर राजस्व लगाउने सम्बन्धी विधेयक विचाराधिन अवस्थामा रहेको सचिव यादवको भनाइ छ।

प्रदेश सभा अन्तर्गतको केही विषयगत समितिमा सभापति चयन हुन नसक्दा प्रदेश सरकारबाट आएका ती महत्वपूर्ण विधेयकहरु लामो समयदेखि विचाराधिन अवस्थामा रहेको प्रदेशसभा सदस्य दिलिप साहले बताए। 'प्रदेश सभा अन्तर्गत सात वटा विषयगत समितिहरु छन्,' उनले भने, 'ती मध्ये सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातारण समिति र कृषि तथा भूमि व्यवस्था समितिमा सभापति छैनन्।' 

एकातिर प्रदेश सभा अन्तर्गतका ती समितिहरुमा सभापति चयन हुन सकेको छैन् भने अर्कोतिर अन्य विषयगत समितिहरुमा निरन्तर छलफल र बैठक हुनुपर्ने थियो त्यो हुन सकिरहेको छैन् भन्दै प्रदेशसभा सदस्य साहले भने,'तैपनि प्रदेशसभाले चार वर्षमा विधेयकहरु पारित गरेर कार्यान्वयनमा लगिएको छ, यो एकदमै महत्वपुर्ण उपलब्धी हो।' 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
बजेट अभावमा गैँडा गणना अन्योलमा
हिमपातले अवरुद्ध नाग्म–गमगढी सडक अझै खुलेन
भूमिहीनलाई छिट्टै लालपुर्जा दिन्छौँ – मन्त्री अधिकारी
सम्बन्धित सामग्री
राजावादीले आक्रमण गरे प्रतिवादमा उत्रिन कार्यकर्तालाई प्रचण्डको निर्देशन आइतबार काठमाडौंमा योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले राजावादी छाडा बनेर आफूहरुमाथि आक्रमण... आइतबार, जेठ १८, २०८२
राजावादीहरु कताकताबाट पैसा ल्याएर भाडाको मान्छेलाई उफारिरहेका छन्  : प्रचण्ड पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। आइतबार, जेठ १८, २०८२
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा विश्व वातावरण दिवसको सन्दर्भमा पार्टीको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले आइतबार पार्टी कार्यालय सानेपामा गरेको कार्यक्रममा... आइतबार, जेठ १८, २०८२
ताजा समाचारसबै
सकियो भोटो देखाउने जात्रा आइतबार, जेठ १८, २०८२
राजावादीले आक्रमण गरे प्रतिवादमा उत्रिन कार्यकर्तालाई प्रचण्डको निर्देशन आइतबार, जेठ १८, २०८२
नासाको नेतृत्वबाट इसाकम्यानलाई हटाइयो आइतबार, जेठ १८, २०८२
एक सातासम्म मनसुन निष्क्रिय बन्दै आइतबार, जेठ १८, २०८२
राजावादीहरु कताकताबाट पैसा ल्याएर भाडाको मान्छेलाई उफारिरहेका छन्  : प्रचण्ड आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- भोलिदेखि ५० ठाउँबाट निस्किन्छौं आइतबार, जेठ १८, २०८२
गुजरातलाई हराउँदै मुम्बई आईपीएलको क्वालिफायर–२ मा, फाइनलको लागि पञ्जाब किङ्ससँग खेल्ने शनिबार, जेठ १७, २०८२
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार, जेठ १८, २०८२
'राइड सेयरिङ' नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायीद्वारा काठमाडौंमा चक्काजाम शनिबार, जेठ १७, २०८२
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्