काठमाडौं- युजवेन्द्र चहल विगत केही वर्षदेखि इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सनमा गएनन्। तर, यस वर्ष रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले रिलिज गरेसँगै उनी अब एक साताभित्र अक्सनमा जाँदैछन्।
तर, यसबारे उनी बेचैन छैनन् र अक्सनमा जे हुन्छ त्यसमा आफू खुसी रहेको बताउँछन्। तर, उनले बैंगलोरले पुन:भित्र्याउनेमा आशावादी छन्। जससँग उनी विगत आठ वर्षदेखि छन्।
विराट कोहलीसँगको आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै चहलले भने, ‘म विराट दाइलाई यू-१५ देखि चिन्छु। हामीले नर्थ जोनका लागि पनि सँगै खेल्यौं। २०१४ मा जब म आरसीबीमा आबद्ध भएँ, म धेरै नर्भस थिएँ। तर उनले मलाई कभरमा बस्न प्रोत्साहन दिँदै राखे।’
उनले थपे,‘त्यसपछि मैले महसुस गरें कि विराटमा धेरै सकारात्मक ऊर्जा छ। उसले मलाई केही परिवर्तन गर्न सल्लाह दिए। हामीसँग सधैं दुईवटा योजना थिए। पहिलो योजना मेरो हुन्थ्यो, यदि असफल भयो भने दोस्रो योजना कोहलीको हुन्थ्यो।’
चहलले फेब्रुअरी १२ र १३ मा हुने अक्सनमा आरसीबीले उनलाई फेरि किन्ने आशा व्यक्त गरेका छन्। उनले भने, ‘विगत आठ वर्षदेखि आरसीबीसँगको यात्रा रमाइलो भएको छ। तर, यसपटक खेल्ने अधिकार छैन, त्यसैले जुन टोलीले मलाई किन्छ म उनीहरूसँगै जानेछु। म आफ्नो शतप्रतिशत साथ दिनेछु।’
चहलले आरसीबीका लागि ११३ खेलमा ७.५० को इकोनोमी रेटमा १३८ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।