तस्बिर सौजन्य : श्याम चित्रकार।
काठमाडौं- बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई सरकारले नगदसहित पुरस्कृत गरेको छ।
प्रधानन्त्रीनिवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले विजेता महिला भलिबल टोलीलाई नगदसहित पुरस्कृत गरेका हुन्।
प्रधानमन्त्री देउवाले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५/५ लाख प्रदान गरे। यस्तै, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गरेको छ।
गत पुसमा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो। नेपाल लगातार दोस्रोपटक च्याम्पियन बनेको हो।
टोलीमा खेलाडीहरु अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु थिए।
यस्तै, टोलीमा प्रमुख प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।