• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
तीन व्यवसायीको हत्या घटना

मोहनको हत्या गरिसकेपछि खोज्न जाऔं भन्दै राजेन्द्र र शम्भुलाई मोरङ पुर्‍याएर हत्या !

64x64
नारायण अधिकारी शुक्रबार, माघ २१, २०७८  १३:०३
1140x725
हत्या गरिएका व्यवसायी।

काठमाडौं– मोरङमा दुई र ललितपुरमा एक जग्गा व्यापारीको हत्या घटनाको अनुसन्धानको क्रममा नयाँ–नयाँ पाटाहरु खुल्दै गएका छन्। व्यापारी हत्याको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङ र मोरङ प्रहरीलाई अनुसन्धानमा सहयोग गरिरहेको महानगरीय अपराध महाशाखाको टोलीले हत्यामा हुनसक्ने सम्भावित विभिन्न पाटाहरुको अनुसन्धानको क्रममा नयाँ तथ्यहरु खुल्दै गएका हुन्।

तीन व्यवसायी राजेन्द्रकुमार श्रेष्ठ, शम्भु चौधरी र मोहन लिम्बूको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेर मोरङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। श्रेष्ठ, चौधरी र लिम्बूको हत्या आरोपमा सिरहाको सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम र मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनारलाई प्रहरीले सार्वजनिक गरेको हो। 

पक्राउ परेकाहरुबाट नयाँ नयाँ तथ्यहरु खुल्दै गएका प्रहरी बताउँछ।

गत माघ १२ र १३ गते मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा २ जनाको शव फेला परेको थियो। उक्त शव सिरहा घर भई काठमाडौं बस्दै आएका शम्भु चौधरी र धरान घर भई भक्तपुर बस्दै आएका ३९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको खुलेको थियो।

उखु काट्न गएका किसानले भर्खर खनेजस्तो खाल्डो र बाहिर रगत देखेपछि प्रहरी कन्ट्रोल नम्बर १०० मा फोन गरेर जानकारी गराएका थिए। त्यसपछि मोरङका एसपी जनार्दन जिसीसहितको टोली गएर खाल्डो उत्खनन् गर्दा चौधरीको शव भेटिएको थियो। शवमा हात डोरीले बाँधिएको र घाँटीमा समेत डोरीको डाम थियो। 

भोलिपल्ट अर्को खाल्डो खनेर हेर्दा श्रेष्ठको शव भेटिएको थियो। उक्त खाल्डोबाट मोबाइलको सीमकार्ड, पर्स, सवारी चालक प्रमाणपत्र समेत फेला परेको थियो। करिब २० मिटरको दूरीमा रहेका दुई खाल्डाबाट प्रहरीले दुई शव निकालेको थियो। दुवैलाई एउटै प्रकृतिबाट हत्या गरी खाल्डोमा गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। शव गलाउन नुनको समेत प्रयोग गरिएको थियो।

ग्राहक खोजिदिएवापत कमिसन लिने गरेका मण्डलबाट तीन जनाको हत्या
हत्या गरिएका राजेन्द्र र हाल पक्राउ परेका मण्डल मिल्ने साथी थिए। राजेन्द्र घरजग्गाको काम गर्थे भने मण्डल त्यसका लागि ग्राहक खोजिदिने काम गर्थे। ग्राहक खोजिदिएवापत उनले केही रकम कमिसन लिन्थे। एक अनुसन्धान अधिकृत भन्छन्, ‘मण्डल राजेन्द्रका बडिगार्ड जस्ता थिए। जहाँ जाँदा पनि राजेन्द्रले उनलाई छुटाउँदैनथे।’

अनि, राजेन्द्रको दोस्ती थियो मोहनसँग। ‘राजेन्द्र मोटरसाइकल चलाउँथे। मोहन पछि बस्थे। उनीहरु व्यवासायिक साझेदार समेत भएकाले प्रायः सँगै हुन्थे। गाडी लिएर जानुपर्ने ठाउँमा गाडी भाडामा लिएर राजेन्द्र आफैं चलाउँथे। मोहन उनीसँगै गाडीमा बस्थे’ ती अनुसन्धान अधिकृतले नेपाल लाइभलाई सुनाए, ‘यसरी राजेन्द्रका पार्टनर मोहनसँग मण्डलको चिनजान भएको देखिन्छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

अर्कोतर्फ मोहनका अर्का मिल्ने साथी थिए मोरङमै मृत भेटिएका शम्भु चौधरी। राजेन्द्रसँको जस्तै दोस्ती शम्भुसँग पनि थियो मोहनको। मोहनमार्फत नै मण्डल शम्भुसँग जोडिएका थिए। राजेन्द्रमार्फत उनका व्यावसायिक पार्टनर मोहन र शम्भुसँग समेत मण्डलको चिनजान र राम्रो सम्बन्ध बढेको थियो।

सिमेन्ट, हाइड्रोपावर र घरजग्गाको कारोबारी तीन व्यवसायीको सम्पूर्ण आर्थिक पाटोको बारेमा मण्डल जानकार भइसकेका थिए। त्यसपछि उनीहरुको हत्या गरेर आर्थिक लाभ लिने उद्देश्यले उनले तीन जनाको हत्या योजना बनाएको देखिएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। त्यसका लागि उनले भारतीय नागरिकलाई 'सुपारी दिएर' तीन व्यवसायीको हत्या गरेको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ। 

साढे २ अर्बको तमसुक, पैसा लिन बोलाएर हत्या?
हत्याको मुख्य योजनाकार भनिएका मण्डलले मोहनलाई साढे २ अर्ब दिनपुर्ने भन्ने उल्लेख भएको तमसुक समेत प्रहरीले बरामद गरेको छ। उक्त तमसुक बिहीबार मोहनको लास उत्खनन् गर्दा फेला परेको हो। ‘तमसुक नक्कली बनाएको हुनसक्ने हाम्रो आशंका छ’ अनुसन्धान अधिकृत भन्छन्, ‘त्यही तमसुकको आधारमा रकम दिने भनेर बोलाएर हत्या भएको हुनसक्ने देखिन्छ।

तमसुकमा उल्लेख भएअनुसार रकम मोहनलाई दिने भनेर भाडामा लिएको घरमा बोलाएर मण्डलले हत्या गरेको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ। त्यसपछि मोहनलाई दिनुपर्ने रकम मोहन नभेटिएको र मोरङतिर गएको हुनसक्ने भन्दै राजेन्द्र र शम्भुलाई मोरङ पुर्‍याएर हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। 

ललितपुरमा मोहनको हत्या, खोज्न भन्दै मोरङ पुर्‍याइएका दुई व्यवसायी मारिए 
प्रहरी अनुसन्धान अनुसार मोहनको हत्या गत मंसिर २८ गते भएको खुलेको छ। उनको हत्या गर्न मण्डलले एउटा घर नै भाडामा लिएका थिए। सामाजिक सञ्जाल फेसबुकमा घर भाडामा रहेको जानकारी पाएपछि मण्डलले उक्त घर मासिक ३० हजार रुपैयाँ तिर्नेगरी भाडामा लिएका थिए। त्यसपछि मोहनलाई उक्त घरमा बोलाएर मण्डलले हत्या गरेको खुलेको छ। 

नाइलनको डोरीले घाँटी कसेर हत्या गरेपछि मण्डलको शव घरकै कम्पाउण्डमा खाल्डो खनेर गाडिएको अवस्थामा बिहीबार प्रहरीले उत्खनन् गरेको थियो। ‘सुरुमा मण्डलले घरभित्रै शव गाड्ने प्रयास गरेछन्। घरभित्रको सिमेन्टको ढलान फोड्न नसकेपछि उनले बाहिर करिब ५ फिटको खाल्डो खनेर शव गाडेको अवस्थामा भेटियो’, एक अनुसन्धान अधिकृतले भने, ‘खाल्डो खनेर शव गाडेपछि माथिबाट ढलान समेत गरिएको थियो।’

हत्या आरोपमा पक्राउ परेका अनिल मण्डल, नासिर आलम र अमित साह भनिने दिनानाथ सोनार।

मण्डल पक्राउ परेपछि उनैले दिएको बयान तथा सूचनाका आधारमा प्रहरीले उत्खनन् गर्दा मोहनको शव भेटिएको हो। काठमाडौंमा पक्राउ परेका मण्डललाई बिहीबार मात्रै हवाईजहाजमार्फत मोरङ पठाइएको थियो। मोरङ पुगेपछि उनले आफ्नो अपराध स्वीकार्दै मोहनको शव गाडेको ठाउँ प्रहरीलाई भनेका थिए।

यता, ललितपुरमा मंसिर २८ गते मोहनको हत्या गरेपछि उनलाई खोज्न भन्दै राजेन्द्र र शम्भुलाई मण्डलले मोरङ पुर्‍याएका थिए। प्रहरी स्रोतका अनुसार एउटा गाडी रिजर्भ गरेर तीनै जना मोरङ गएका थिए। त्यसपछि मण्डलले योजनाअनुसार उनीहरुलाई केही दिन मोहन आउनसक्ने भन्दै भुलाएका थिए। त्यसपछि भारतीयको सहयोगमा राजेन्द्र र शम्भुलाई मोहनकै शैलीमा मारेर गाडेको प्रहरी अधिकारी बताउँछन्।

अभियुक्त ठानिएका व्यक्तिकै हत्या, मोबाइल लोकेसनले खोल्यो पोल
दुई जना मृत भेटिएपछि प्रहरीले परिवारमार्फत उनीहरुको काम, पृष्ठभूमि पत्ता लगाएको थियो। त्यसपछि खुल्यो, उनीहरुसहित थप दुई जना (मण्डल र मोहन) मिलेर गर्दै आएको व्यावसायिक कारोबार। 

चार जना व्यावसायिक साझेदारमध्ये दुई जना मृत भेटिएपछि प्रहरीले बाँकी रहेका दुई साझेदार मण्डल र लिम्बुमाथि अनुसन्धान सुरु गरेको थियो। उनीहरु दुवैजना अभियुक्त हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान थियो। प्रहरीले खोजी गरेकामध्ये मोहनको मोबाइल अफ थियो। अनिलको भने अन भएकाले लोकेसन काठमाडौं नै देखाएको थियो। त्यसपछि मोरङबाट डीएसपी मन्जिल मुकारुङसहितको टोली अनुसन्धानका लागि काठमाडौं आएको थियो। 

महानगरीय अपराध महाशाखा समेतको सहयोगमा मण्डल चार दिनअघि काठमाडौंबाट पक्राउ परे। तीन दिनसम्म काठमाडौंमा राखेर अनुसन्धान गर्दा समेत मण्डलले अपराध स्वीकार गरेनन्। मोरङ पुर्‍याएपछि भने उनले प्रहरीलाई ढाँट्न सकेनन्। त्यहाँ उनका अपराधका साक्षी तथा सहयोगी मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरेर प्रहरीले राखिसकेको थियो। 

त्यसपछि उनले अपराध स्वीकार गर्दै प्रहरीले खोजी गरेका अर्का व्यक्ति मोहनको पनि हत्या गरी गाडेको बयान दिएका थिए। त्यसपछि प्रहरीले अभियुक्त भनेर सोचेका मोहनकै हत्या भएको खुलेको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्