सिमकोट– हुम्लामा बिहीबार बिहानदेखि हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। हिमपातका कारण जिल्लाबाट हुने हवाई उडानसमेत अवरुद्ध भएको छ।
नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न ढुवानीसमेत हिमपातका कारण बन्द भएको छ। हिमपातपछि सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रभावित बनेको छ।
यसैबीच जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण सेवासमेत एक हप्ताका लागि स्थगन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि सेवा स्थगन गरिएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।