काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा कृष्णबहादुर कार्की नियुक्त भएका छन्।
सीइओ छनोटका लागि गठित समितिले कृष्णबहादुर कार्की, डा केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा रमेशकुमार भण्डारीको नाम सिफारिस गरेको थियो। ५ मध्ये कार्की, भण्डारी र श्रेष्ठको नाम सर्ट लिस्टमा रहेको थियो। यसमध्येबाट कार्की छानिएका हुन्।
उनीहरुमध्येबाट मन्त्रिपरिषद्को १७ माघ बसेको बैठकले नेप्सेको सीइओमा कार्कीलाई नियुक्त गरेको हो।
नेप्सेका तत्कालीन सीइओ चन्द्रसिंह साउदले पारिवारिक सदस्यका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको भेटिएपछि गत भदौमा राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।