काठमाडौं- एक व्यक्तिले डुंगा चलाउँदै जाँदा एउटा मानव हड्डी फेला परेका छन् जो बेलायतको लन्डनस्थित टेम्ज नदीबाट निकालिएको सबैभन्दा पुरानो वस्तु हुनसक्ने देखिएको छ।
नदीमा सानो छाल आएको बेला साइमन हन्टले तिघ्राको हड्डी फेला पारेका थिए। कार्बन डेटिङ विधिबाट गरिएको परीक्षणले उक्त हड्डी ५,००० वर्षभन्दा पुरानो भएको संकेत फेला परेको बीबीसीले जनाएको छ।
देख्नासाथ उनले त्यो हड्डी मान्छेको भएको चिनिहाले र अलिकति डराए पनि। “यो निकै पुरानो देखिन्थ्यो, तर मनमनै वा होइन कि भन्ने पनि लाग्यो,” उनले भनेका छन्। “दुई वर्ष पानीमा परेको हड्डी कस्तो हुन्छ त्यो मलाई थाहा छैन। त्यसैले केही अनिष्ट पो भएको थियो कि?”
उक्त हड्डी बेलायती नवपाषाणयुगको अन्तिमतिर बसोबास गर्ने मानिसको थियो। त्यतिबेला पाषाणयुग अर्थात् ढुङ्गेयुग सकिएको थियो।
विज्ञहरूले उक्त हड्डी इसापूर्व ३५१६ देखि इसापूर्व ३३६५ बीचको भएको निर्क्योल गरेका छन्। तिघ्राको हड्डीको लम्बाइका आधारमा एक पुरातत्त्वविद्ले ती व्यक्ति १७० सेन्टिमिटर (पाँच फिट सात इन्च) अग्लो भएको अनुमान गरेका छन्।
तर यो हड्डी महिला वा पुरुष कसको हो भन्ने छुट्ट्याउन नसकिएको बीबीसीमा उल्लेख गरिएको छ। यो हड्डी इजिप्टको गिजास्थित पिरामिड र यूकको स्टोनहेन्जभन्दा पुरानो भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।