काठमाडौं- ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरुले जनाएका छन्।
यहाँ अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार ब्राजिलमा गएका केही दिनदेखि वर्षा कायमै छ। वर्षापछि आएको बाढीका कारण हराइरहेका तीन जना व्यक्तिको बुधबार शव भेटिएको थियो।
प्राप्त समाचारअनुसार यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन्। उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ। बाढीका कारण यहाँका कैयौँ क्षेत्रमा असर परिरहेको छ। केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ।
यहाँका अधिकारीहरुले केही स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेको बताएका छन्। केही सहायता समग्री पनि हेलिकोप्टरहरुले पुर्याइरहेका बताइएको छ। उद्धारमा खटिएका अधिकारीहरुले अरु सात जना व्यक्ति हराइरहेका बताएका छन्।
यहाँका मौसम विद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन्। उनीहरुले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन्। ब्राजिलको साओपाओलो राज्य सबैभन्दा बढी प्रभावित भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।