काठमाडौं– सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश विरतण गर्ने भएको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर नियामक बीमा समिति र कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ।
सिद्धार्थले हाल कायम एक अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर दिन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।