काठमाडौं- टर्कीको सशस्त्र सेनाले उत्तरी सिरिया र इराकका तीन क्षेत्रमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) र यसका सहयोगीहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको छ।
रक्षामन्त्री हुलुसी अकारका अनुसार उत्तरी सिरियाली क्षेत्र डेरिक र उत्तरी इराकी क्षेत्र सिन्जार तथा काराकाकमा रहेको पीकेके, पीकेकेसँग सम्बद्ध रहेको जनसंरक्षण इकाइहरू (वाईपीजी) र अन्य प्रतिबन्धित समूहहरूले कब्जा गरेको स्थानमा आक्रमण सुरु गरिएको हो।
‘हाम्रो उद्देश्य हाम्रा साढे ८ करोड नागरिक र हाम्रो सिमानाको सुरक्षा सुनिश्चित गर्नु हो,’ अकारले बुधबार ‘अपरेसन विन्टर ईगल’ सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै भन।
टर्कीले झण्डै चार दशकदेखि पीकेकेसँग लडिरहेको छ। टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघले उक्त समूहलाई आतंकवादी संगठन घोषणा गरिसकेको छ।
तर, इराकको सेनाले ट्वीटरमा एक विज्ञप्ति जारी गर्दै टर्कीले इराकी हवाई क्षेत्रको उल्लङ्घन गरेको भन्दै निन्दा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।