काठमाडौं- सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बाराको सिम्रौनगढस्थित शिवशक्ति आईस एण्ड कोल्ड स्टोरमा तालाबन्दी गरेका छन्।
ठूला व्यापारीहरुलाई असिमित आलुको बोरा राख्न रसिद काटिरहेको तर सर्वसाधारण किसानहरुको ५ देखि २५ बोरा आलु स्टोर गर्न नमानेपछि आक्रोसित किसानहरुले कोल्ड स्टोरमा तालाबन्दीसहित सिल गरेको जनमत पार्टीले जनाएको छ।
स्टोरका मालिक फरार रहेको अवस्थामा विहान ६ बजे देखि दिउँसो १ बजेसम्म नहर रोडमा प्रदर्शन गर्दै चक्काजाम गरि दुईवटै गेटमा तलाबन्दी गरी सिल गरिएको जनमत पार्टीद्ये जनाएको छ। नेताहरु विजय गुप्ता,लक्ष्मीकान्त गुप्ता, मनोज यादव लगायतको नतृत्वमा किसानहरु आन्दोलनमा उत्रिएका थिए।
हरेक ठाउँमा वास्तविक किसानमाथि विभेद गरेको र माफियाहरुलाई प्राथमिकता दिईएको भन्दै उनीहरुले आक्रोश पोखेका थिए। किसानहरुको माग पूरा नगरेसम्म तलाबन्दी नखुल्ने किसान अगुवा नेताहरुले दाबी गरेका छन्।
किसानहरुको माग पूरा नगरेको अवस्थामा र विना समझदारीमा ताला खुलाएको खण्डमा आगामी दिनमा स्टोरमाथि आन्दोलनकारीबाट केही क्षति पुगेमा स्टोर मालिक जिम्मेवार हुनुपर्ने चेतावनी जनमत पार्टीले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।