काठमाडौं- अस्ट्रेलियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो २४ घण्टामा ४० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। सो अवधिमा कोरोना संक्रमणका कारण ७० जनाको मृत्यु भएको जनाइएको छ।
राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जनाको मृत्यु भएको थियो।
तीन सय ७५ जना सघन उपचार कक्षमा र ४ हजार ९५४ जनाको देशभरका अस्पतालमा केन्द्रमा उपचार भइरहेको स्वास्थ्य विभागले सार्वजनिक गरेको तथ्यांकमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।